लुम्बिनी–बुद्ध जन्मस्थल लुम्बिनीमा पूर्णिमा उत्सव मनाइएको छ । त्रिपिटक वाचनको पूर्वसन्ध्यामा मायादेवी मन्दिर परिसरमा पूर्णिमा उत्सव मनाइएको हो ।
बिहीबारदेखि लुम्बिनीमा अन्तरराष्ट्रियस्तरको त्रिपिटक वाचन शुरु हुँदैछ ।
त्रिपिटक च्यान्टिङ आयोजक समितिको मुख्य आयोजना तथा प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, लुम्बिनी विकास कोष र थाई विहारको सहयोगमा दोस्रोपटक बुद्धधर्मको मूलग्रन्थ त्रिपिटक वाचन कार्यक्रम हुने आयोजक समितिका संयोजक भिक्षु मैत्री महास्थविरले जानकारी दिए ।
कात्तिक २८ देखि ३० गतेसम्म मायादेवी मन्दिर परिसरमा हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङ्का, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापानलगायत २५ देशकाभिक्षु, गुरुआमा, लामा, आनी तथा उपासक उपासिकाकोे सहभागिता रहने छ ।
तीन दिनसम्म हुने कार्यक्रममा बुद्ध वचनको सङ्ग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सुत्र पिटक र अभिधम्म पिटकको वाचन हुनेछ।