जनकपुर । भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी प्रदेश नं २ मा पाँच लाख बाह्य पर्यटक भित्र्याउने गरी तयारी थालिएको छ ।
भ्रमण वर्ष २०२० मा २० पर्यटक भित्र्याउने सरकारको लक्ष्यलाई सफल बनाउन प्रदेश नं २ समितिले प्रदेशको आठवटै जिल्लामा सरसफाइसँगै प्रदेशभरि रहेका ऐतिहासिक, धार्मिक र पुरातात्विक धरोहरका साथै प्रमुख पर्यटकीय क्षेत्रहरुलाई लिपिबद्ध गर्न एकीकृत दस्तावेज गर्न लागेको हो ।
आन्तरिक र बाह्य पर्यटक भित्र्याउन यो प्रदेशमा पर्यटकीय क्षेत्रहरु धेरै रहेपनि एकीकृत दस्तावेज नहुँदा त्यसबारे सबैलाई थाहा नभएकाले एकीकृत दस्तावेज तयार गर्न लागेको भ्रमण वर्ष २०२० का प्रदेश नं २ का संयोजक मनिष झाले जानकारी दिए ।