लुम्बिनी- मायादेवी मन्दिर । लुम्बिनीको आकर्षणको केन्द्र । यो लुम्बिनीको सबैभन्दा महत्वपूर्ण र संवेदनशील क्षेत्र हो । जहाँ सिद्धार्थ गौतमले जन्म लिएका थिए । मायादेवीले अहिले रहेको मन्दिरनजिकै सालकको रुखको हाँगा समाएर सिद्धार्थलाई जन्माएकी थिइन् । त्यसैले यो मन्दिरको नाम मायादेवी राखियो । लुम्बिनी बगैचामा रहेको यो मन्दिर रातीमा अत्यन्तैमनमोहक देखिन्छ । लुम्बिनी घुम्न गएर मायादेवी मन्दिरको रात्रीकालीन दृश्य हेर्न छुटाउनै हुन्न । विशेष अवसरमा यहाँ रंगीचंगी बत्तीहरु बालेर उत्सव मनाइन्छ । मायादेवी मन्दिरले छिनछिनमा रंग बदल्छ । मन्दिर अगाडिको पुष्करिणी पोखरीमा छायाँ पर्दा त झनै मनमोहक देखिन्छ मायादेवी मन्दिर ।
हेरौ मायादेवी मन्दिरका अनेक रंगका तस्वीरहरु