बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशका सबै जिल्लामा एक-एक वटा पर्यटन गन्तव्य विकास गर्ने भएको छ ।
प्रदेश सभामा बजेट पेश गर्दै आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले १२ वटै जिल्लामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्न 'एक जिल्ला एक पर्यटन गन्तव्य' विकास गर्न ६० करोड ८० लाख बजेटको व्यवस्था गरिएको मन्त्री बैजनाथ चौधरीले बताए ।