कपिलवस्तु-कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ । कपिलवस्तु नगरपालिका -५ गोटिहवामा क्रकुच्छन्द बुद्ध र वडा नम्बर ११ मा कनकमणी बुद्धको प्रतिमा अनावरण गरिएको हो ।
मुख्यमन्त्री शंकर पोखरेलले शनिवार दुई मुर्तिको अनावरण गर्दै कपिलबस्तु ऐतिहासिक सम्पदाले भरिएको ठाउँ हो भनेर चिनाउन थप सघाउ पुग्ने बताए । आगामी दिनमा कपिलवस्तुका सम्पदा स्थलको थप उत्खनन हुने उनले उल्लेख गरे । भविस्यमा कपिलवस्तुकाे थप महत्व र गरिमा बढ्ने आशाा मुख्यमन्त्रीले व्यक्त गरे ।
आज अनावरण गरिएको क्रकुच्छन्द बुद्धको मुर्ति विश्वमै पहिलो भएको दाबी गरिएको छ। कनकमणि बुद्धको मुर्ति विश्वको दोस्रो हो। यस अघि बर्मामा कनकमणिको मुर्ति रहेको छ । मुर्ति सहित आज बगैँचाको समेत उद्घाटन भएको हो।