विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित देशमध्येमा भारत तेस्रो स्थानमा पुगेको छ । रुसलाई पछाडि पार्दै भारत तेस्रो स्थानमा पुगेको हो । भारतमा ६ लाख ९७ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ । रुसमा संक्रमितको संख्या ६ लाख ८१ ह्जारभन्दा बढी छ ।
भारतमा पछिल्लो २४ घण्टामा १३ हजार ८५६ जना कोरोना संक्रमित थपिएका छन् । अमेरिका र ब्राजिलमा कोरोना संक्रमितको सङ्ख्या भारतमा भन्दा बढी छ ।
अमेरिकामा २९ लाख ८२ हजारभन्दा बढी र ब्राजिलमा १६ लाख ४ हजारभन्दा बढी कोरोना संक्रमित छन् । यस्तै पाकिस्तान १२ औँ बढी संक्रमित भएको देश बनेको छ । पाकिस्तानमा २ लाख २८ हजारभन्दा धेरै संक्रमित छन् ।