चीनमा कोरोना भाइरसका १ सय १ जना नयाँ संक्रमित देखिएका छन्। चीनमा बुधबार १ सय १ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयर्टसले जनाएको छ।
चीनमा देखिएको यो संक्रमणदर साढे तीन महिनायताकै सबैभन्दा बढी हो। गत वर्ष डिसेम्बर महिनामा चीनको उहानबाट सुरु भएको कोराना भाइरसको महामारी विश्वभर फैलिइसकेको छ। कोरोना भाइरसको संक्रमण केही महिना रोक्न सफल भएको चीनमा फेरि संक्रमण देखिन थालेको छ। पुनः संक्रमण देखिन थालेपछि चीनले केही स्थानका सेवामा प्रतिबन्ध लगाएको छ।
चीनमा कोरोना भाइरसका कारण हालसम्म ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ भने ८४ हजार ६० जना संक्रमित छन्।