काठमाडौँ। म्यान्मारकी नेतृ आङ सान सुचीलाई जेलबाट नजरबन्दमा पठाइएको छ । बीबीसीका अनुसार सोमबार उहाँलाई नेपिडोस्थित एक सरकारी भवनमा सारिएको हो ।
यसअघि उनलाई एक वर्ष एकान्त कारावासमा राखिएको थियो । सन् २०२१ फेब्रुअरीमा सेनाले म्यान्मारमा ‘कु’ गरेर सुचीलाई हिरासतमा लिएको थियो ।
त्यसपछि ७८ वर्षीया उहाँलाई ३३ वर्षको सजाय सुनाइएको थियो।