बुटवल । बेलाायतको एक अदालतले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्न आदेश दिएको छ । लण्डनको ‘सेन्ट्रल क्रिमिनल कोर्ट’ ले सुपुर्दगी नगर्ने फैसला दिए पनि उनलाई थप केही समय थुनामै राखिनेछ।
असान्जको मानसिक स्वास्थ्यको अवस्था र उनले आत्महत्या गर्नसक्ने जोखिमका कारण उनलाई अमेरिका सुपुर्दगी गर्न नहुने आदेश बेलायतको एक जिल्ला अदालतले दिएको हो । तर जिल्ला अदालतको यो आदेशविरुद्ध अमेरिकाले पुनरावेदन गर्ने सम्भावना छ। उक्त पुनरावेदनको अवधिसम्म उनी थुनामा बस्नुपर्नेछ।
४९ वर्षीय असान्जलाई अमेरिका सुपुर्दगी गरिएको भए उनले त्यहाँ १७ वटा मुद्दा खेप्नुपर्ने थियो र त्यसमा दोषी पाइए उनलाई १७५ वर्षसम्मको काराबास हुनसक्थ्यो। असान्जले स्थापना गरेको विकिलिक्सले खासगरी अमेरिकी सरकारका गोप्य कागजात वेबमार्फत् सार्वजनिक गरेको थियो। लण्डनको ‘सेन्ट्रल क्रिमिनल कोर्ट’ ले सुपुर्दगी नगर्ने फैसला दिए पनि उनलाई थप केही समय थुनामै राखिनेछ । (बीबीसीबाट)