भैरहवा । भैरहवामा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा नवलपरासी बिजयी भएकाे छ । सिद्धार्थ रंगशालामा सोमबार भएकाे समूह ‘ए’को खेलमा नवलपरासीले पाल्पालाई २७ रनले पराजित गरेको हाे । नवलपरासीको यो लगातार दोस्रो जित हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले ७ विकेट गुमाई १३६ रनको योगफल बनाएको थियो । जसका लागि जितेन्द्र साहनीले ५८, रंजित खड्काले २२ र सद्दाम अन्सारीले २१ रनको योगदान गरे । बलिङमा पाल्पाका सागर थापा क्षेत्रीले ३, श्रीधर बश्याल, सुरेश गोदार र रुपेश बश्यालले १/१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको पाल्पाले २३.४ ओभरमा सबै विकेट गुमाई १०९ रनमै समेटियो । उसका लागि नरेश कुमार कार्कीले ३४, मनिष न्यौपानेले १५ रन बनाए । बलिङमा नवलपरासीका अर्पण लोनियाले ३, जितेन्द्र साहनी र मनिष पाण्डेले समान २÷२, जगदीष चौधरी र अजित यादवले १÷१ विकेट लिए । खेलमा नवलपरासीका जितेन्द्र साहनी म्यान अफ द म्याच घोषित भए । मौसमका कारण आजको खेल २८ ओभरमा छोट्याइएको थियो । भोलि समूह ‘ए’ अन्तर्गत कपिलवस्तु र पाल्पाबीच प्रतिस्पर्धा हुनेछ ।
दाङको लमहीमा भएको समूह ‘बी’ अन्तर्गतको खेलमा टस हारेर ब्याटिङ्ग गर्न आएको बर्दियाले १४ दशमलव चार बलमा सबै विकेट गुमाएर मात्र ५८ रन बनाउन सक्यो । उसका लागि सिदार्थ श्रेष्ठले १७ र समिर आचार्यले दश रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । बर्दियालाई सस्तैमा रोक्न दीपेन्द्र रावतले सात विकेट लिएका थिए । ५९ रनको झिनो लक्ष्य पक्ष्याएको बाँकेको पनि राम्रो शुरुवात हुन सकेन । १५ दशमलव दुई बलमा आठ विकेटको क्षतीमा बल्ल लक्ष्य पुरा ग¥यो । जसमा सुनिल भण्डारीले १३ र अनुप सिंहले दश रन बनाए । बर्दियाका गोपाल जिसीले चार र बिशाल विक्रम केसीले तीन विकेट लिएका थिए ।
म्यान अफ दी म्याच दीपेन्द्र रावत भए । भोलि समूह ‘बी’ अन्तर्गत बाँके र दाङबीच प्रतिस्पर्धा हुनेछ । नेपाल क्रिकेट संघ लुम्बिनी प्रदेशको आयोजनामा सुरु भएको प्रतियोगिताको समापन पछि उत्कृष्ट खेलाडी छनौट गरी माघ २ गते काठमाडांैमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागी लुम्बिनी प्रदेश क्रिकेट टिम तयार गरिने छ ।