भारतको गुजरातमा सोमबार राति फुटपाथमा सुतेका मजुदरलाई ट्रकले किच्दा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सुरतनजिकैको कोसाम्बा क्षेत्रको फुटपाथमा सुतेका मजदुरमाथि ट्रक कुदेको थियो। उखु बोकेको ट्याक्ट्ररसँग ठोक्किएपछि ट्रकका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
राजस्थानको बान्सावारा जिल्लाका दैनिक ज्यालादारी गर्ने १८ जना मजदुरहरू फुटपाथमै सुतेका थिए।
दुर्घटनामा घाइते भएकालाई अस्पताल लगिएको छ।