बुटवल। सिक्किममा भारतीय र चाइनीज सेनाहरुबीच झडप भएको भन्ने खबर झुटा भएको चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले दाबी गरेको छ ।
टाइम्स अफ इण्डिया लगायतका भारतीय सञ्चार माध्यमले तीन दिनअघि सिक्किमको सिमा क्षेत्रमा झडपमा परी दुवै पक्षका सेना घाइते भएको भन्ने समाचार आज प्रकाशित गरेका थिए ।
'चाइनीज पिपल्स लिबरेशन आर्मी (पीएलए)को फ्रण्टलाइन सूचीमा घटनाको बारेमा केही पनि रेकर्ड छैन ।' ग्लोबल टाइम्सले भनेको छ ।
'पछिल्लो समय दुवैपट्टीका सेनाहरुबीच उच्चस्तरिय बार्तामा केन्द्रित छ । दुवै पक्षका सेना भारतीय मिडियामा आएजस्तो कुनै पनि झडपमा सहभागि भएका छैनन् ।' ग्लोबल टाइम्सले लेखेको छ ।
त्यस्तै भारतीय मिलिटरीले पनि समाचारबारे ध्याकर्षण भएको बताएको छ । 'भारतीय आर्मी र पीएलए आर्मीबीच झडप भएको विषयलाई लिएर हामीकहाँ केही प्रश्नहरु आएका छन् । जनवरी २० मा निकै सानो टकराव भएको भएपनि त्यो समस्यालाई स्थानीय कमाण्डरहरुले मिलाइसकेका छन् । मिडियाहरुलाई तथ्यगत गलत समाचारहरु अनावश्यक रुपमा प्रकाशित नगर्न र अतिरञ्जना नगर्न अनुरोध गरिएको छ ।' भारतीय आर्मीले निकालेको विज्ञप्तीमा भनिएको छ ।