बुटवल । अमेरिकास्थित क्यालिफोर्नियाको एउटाा पार्कमा ठड्याइएको माहात्मा गान्धीको मुर्ती अज्ञात समूहद्वारा तोडफोड गरिएको छ । मुर्ती तोडफोडपछि अमेरिकामा रहेका भारतीय–अमेरिकीहरुले घटनाको तत्काल अनुसन्धान सुरु गर्न माग गरेका छन् ।
६ फिट अग्लो र २ सय ९६ किलोग्राम तौल भएको गान्धीको मुर्ती घुँडाभन्दा केही मुनीबाट अलग्गिएर भूइँमा लडेको अवस्थामा पाइएको थियो । मुर्तीको अनुहारको आधा भाग चोइटिएको छ । चोइटिएको भाग भने हराइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन् ।
जनवरी २७ गते विहानीपख पार्कमा काम गरिरहेका एक व्यक्तिले तोडफोड गरिएको मुर्ती फेला पारेका थिए । (इण्डियन एक्सप्रेशको सहयोगमा)