भारतकाे बिहार विधान सभामा विपक्षी दलका सांसदहरुमाथि प्रहरीले कुटपिट गरेको छ। सरकारले ल्याएको नयाँ कानुनको विरोध गर्दा सांसदलाई कुटपिट गर्दै प्रहरीले संसद बाहिर निकालेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
सशस्त्र प्रहरी विध्येकका कारण संसदमा लफडा भएको हो। जनता दल युनाइटेडको सरकारले ल्याउन लागेको नयाँ विधेयकले प्रहरीलाई पक्राउ पुर्जीविनै जो कोहीलाई समातेर हिरासतमा राख्ने अधिकार दिने त्यहाँका अधिकारीहरुले बताएका छन्। केही दिनयता विपक्षी दलहरूले प्रहरी विधेयकको विरोध गर्दै आएका थिए।
सो क्रममा मंगलबार विरोध स्वरुप विपक्षी सांसदले संसदमा आन्दोलन गरेका थिए। उनीहरुले सभामुखलाई चेम्बरमै घेराउ गरेर बसेका थिए। त्यसबेला प्रहरीलाई बोलाइएको थियो। सो क्रममा विपक्षी सांसदमाथि प्रहरीले कुटपिट गरेका हुन्।