काठमाडौँ : ब्राजिलमा कोरोनाको संक्रमण तिव्र गतिले बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप ८५ हजार ९ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ , भने ३ हजार ४ सय ३८ जनाको मृत्यु भएको ब्राजिलको समाचार संस्था रोयटर्सले जनाएको छ ।
आज सँगै ब्राजिलमा कोरोना संक्रमितको संख्या १ करोड २४ लाख ९० हजार नाघेको छ । त्यस्तै गरि कोरोनाले मृत्यु हुनेको संख्या ३ लाख १० हजारभन्दा बढी नाघेको छ । कोरोना संक्रमण पुष्टि भएकामध्ये करिब १ करोड ९ लाख कोरोनाबाट मुक्त भएका छन् ।
बिरामीको सङ्ख्या बढेपछि अस्पतालहरुले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या आइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि कोरोनाका कारण लकडाउन नगर्ने र मास्कको प्रयोगको आलोचना गर्ने राष्ट्रपति जैर बोल्सोनारोले आफ्ना कदमको बचाउ गरेका छन् ।
कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा ब्राजिल दोस्रो प्रभावित मुलुक हो । सबैभन्दा बढी प्रभावित अमेरिकामा भाइरसका कारण ५ लाख ४८ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।
अमेरिकामा ३ करोडभन्दा बढी संक्रमित छन् । त्यस्तै संक्रमित संख्याका आधारमा प्रभावित देशहरूको सूचीमा भारत, फ्रान्स र रुस क्रमश ः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् ।
सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण हालसम्म विश्वभर २७ लाख ७७ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार १२ करोड ६६ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।