रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली काङ्ग्रेका केन्द्रीय सदस्य बालकृष्ण खाणले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।
जम्मा ३७ हजार ६ सय ८ मतगणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार खाणले १५ हजार ८७ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराले १४ हजार दुई सय १६ मतका साथ पछ्याइरहनुभएको सहायक निर्वाचन अधिकृत शोभाखर खरेलले जानकारी दिनुभयो ।
प्रदेश सभा तर्फ ३ (१) को मा लोकतान्त्रिक समाजवादी पार्टीका सन्तोष कुमार पाण्डे १२ हजार ७ सय ६७ मतका साथ अग्रता लिनुभएको भने जनता समाजवादी पार्टीका महेन्द्र यादवले नौ हजार तीन सय ३१ प्राप्त गर्नुभएको छ ।
यो क्षेत्रमा अहिलेसम्म दुई हजार तीन सय ७६ बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कुल १ लाख ३२ हजार ७९१ मतदाता रहेको यस क्षेत्रमा १४८ मतदान केन्द्रबाट ९२ हजार ९७२ मत खसेको थियो ।