जर्नल अफ आर्कियोलोजिकल साइन्स (जेएएस) जनवरी २०२१ को अंकमा ‘उत्तर पश्चिम भारतमा सिंधु सभ्यताको माटोको भाँडामा लिपिड अवशेष’ शिर्षकको एक शोधपत्र प्रकाशित हुँदैंछ । जेएएसको वेबसाइटमा उपलब्ध अध्ययनमा अहिलेको हरियाणा र उत्तर प्रदेशमा पाइएका माटोका भाँडाहरुमा मासुका परिकार जस्तै सुँगुर, गाईवस्तु, भैसीको मासु तथा दुग्ध पदार्थका बोसोका कणहरु भेटिएको उल्लेख गरिएको छ । द काराभानकी अमृता सिंहसँग अध्ययनटोलीकी नेतृत्वकर्ता अक्षिता सूर्यनारायणले ई–मेलमा अध्ययनबाट निस्किएको निष्कर्षबारे बिमर्श गरेकी छन् ।
अमृता सिंहः अध्ययनको निष्कर्ष र यसको प्रक्रियाको बारेमा बताइदिनुहोस् न ।
अक्षिता सूर्यनारायणः प्राचीन माटाका भाँडाका टुक्रामा अन्तर्निहित लिपिडका अवशेषहरुलाई अध्ययनले समेटेको छ । माटाका भाँडामा चमक हुदैंन र यिनीहरु छिदपूर्ण हुन्छन् । खाद्यपदार्थलाई पकाउने बेलामा अथवा परस्करणका क्रममा बोसो, मैन अथवा अन्य जैविक रसायनहरु माटाका भाँडाका पिंधमा अवशेषको रुपमा रहेका हुन्छन् । बोसो र तेल छिट्टो नष्ट हुन सक्दैनन् । माटाका भाँडामा हजारौं बर्षसम्म पनि जीवित रहन सक्छन् । (यद्यपी, टुक्रिन र बदलिन भने सक्छन् ।)
अध्ययनमा यसलाई लिपिड अवशेष विष्लेषण भनिन्छ । माटोको भाँडोको सानो टुक्रा सफा गरिन्छ र त्यसलाई पिसिन्छ । धुलो पारेर त्यसमा रहेको लिपिडलाई निकाल्न एउटा घुलक पदार्थमा मिसाइन्छ । स्याप (अर्क)को विष्लेषण ग्यास क्रोमाटोग्राफीको माध्यमबाट गरिन्छ ।
यो तरिकाबाट विभिन्न योगिकहरुलाई छुट्टयाइन्छ र पहिचान गरिन्छ । यसपछि स्यापको भित्र बोसोको आइसोटोपहरुको विष्लेषण गरिन्छ । यसरी विभिन्न प्रकारका जनावरहरुको मासुको पहिचान गरिन्छ । यसरी गरिने अध्ययनबाट पागुर काढ्ने जनावर हो की नकाढ्ने भनेर चिन्न अथवा दुग्ध उत्पादनको भिन्नतालाई छुट्याउन सकिन्छ ।
यो उत्तर पश्चिमी भारतमा सिंधु सभ्यताको ग्रामिण अथवा शहरी स्थलका माटोका भाँडाहरुमा रहेका लिपिड अवशेषको पहिलो व्यवस्थित अध्ययन हो । लिपिड अवशेष विश्लेषणले दूध उत्पादन, मासु उत्पादन अथवा माटाका भाँडामा साग–सब्जीको उपभोग हुने कुराको रसायनिक प्रमाण दिन्छ ।
दुग्ध उत्पादनको लागि आश्चर्यजनक रुपमा बहुत थोरै प्रत्यक्ष प्रमाण भेटिएको छ । दुग्ध उपयोगसँग जोडिएका छिद्रित भाँडाहरु पनि अध्ययनमा शामेल छन् ।
पागुर काढ्नेवाला जनावरको मासु उत्पादनको प्रमाणहरु भेटिएका छन् तर यो गाइवस्तु, भैसी, भेंडा अथवा बाख्रा अथवा हिरणको हुन सक्छ । अधिकांश भाडाँमा सुंगुरजस्तो पागुर नकाढ्नेखालका जनावरको मासुको संकेत भेटिएको छ तर नतिजा अझै अस्पष्ट छ । त्यसैले अन्य धेरै व्याख्याहरु सम्भावित छन् ।
बस्तीहरुमा भाँडाको उपयोगमा समानता छ, जसले क्षेत्रीय पाक परम्परालाई इङ्गित गर्छ । शहरी क्षेत्रतिर कम भएपनि ग्रामीण बस्तीहरुमा निरन्तर माटोको भाँडाहरुको प्रयोग भएको प्रमाण छ । र, यो क्षेत्रमा बढिरहेको अम्लीय पनको सुरुआतीताका साँस्कृतिक अथवा पर्यावरणीय परिवर्तनको बावजूद दैनन्दीनको जीन्दगी चलिरहेको थियो भनेर देखिन्छ ।
अमृता सिंहः के यो अध्ययनले प्राचीन भारतमा मानिसहरुले गाई अथवा भैंसीको मासु खान्थे भन्ने कुरालाई स्थापित गर्छ ?
अक्षिता सूर्यनारायणः भाडाँमा रहेका अवशेषहरुले भाडाँमा पागुर काढ्ने वाला जनावरहरुको मासु पाक्ने कुराको प्रमाण दिन्छ । त्यहाँ पाइएका हड्डीहरुले यी जनावरहरु भेंडा, बाख्रा, गाई अथवा हिरणको पनि हुनसक्ने बताउँछन् । कुन प्रजाती हो भनेर छुट्याउन भने निकै गाह्रो छ । कुनै भाडाँहरुमा जनावरको मासुमा पनि एकदम धेरै सि–४ वनस्पतिहरु पाइएका छन् । सिंधु पुरातात्विक स्थलमा पाइएका जनावरको हड्डीहरु अधिकांश गाई अथवा भैंसीका हुन् । अनि अहिलेको अध्ययनबाट थाहा हुन्छ कि ती गाइवस्तुले धेरै नै सी–४ वनस्पती खाएका थिए ।
यो उत्तर पश्चिमी भारतमा सिंधु सभ्यताको ग्रामिण अथवा शहरी स्थलका माटोका भाँडाहरुमा रहेका लिपिड अवशेषको पहिलो व्यवस्थित अध्ययन हो । लिपिड अवशेष विश्लेषणले दूध उत्पादन, मासु उत्पादन अथवा माटाका भाँडामा साग–सब्जीको उपभोग हुने कुराको रसायनिक प्रमाण दिन्छ ।
कुनै भाँडाहरु यस्ता छन् जसबाट दुग्ध उत्पादनको प्रमाण मिल्छ जुन सम्भवतः गाई अथवा भैंसीबाट उत्पादन भएको थियो । प्राचीन दक्षिण एसियाका मानिसहरुले गाई अथवा भैंसीको मासु खानपनि सक्थे भनेर यो अध्ययनले बताउँछ !
सिंधु सभ्यताको अध्ययन गर्ने जू–आर्कियोलोजिस्ट (जीव–पुरातत्वविद्)हरुले यो स्थानमा विभिन्न प्रकारका जनावरको हड्डीहरु पाइएको सूचना दिएका छन् । ती जनावरहरु गाई, पानीमा बस्ने भैसीं, भेँडा, बाख्रा, सुँगुर, जँगली हरिण र माछाहरु हुन् । यी हड्डीहरुमा कसाईको निसानाहरु पनि छन् । ती निसानाहरुले जनावरको उपयोग मासुको लागि गरिन्थ्यो भनेर बताउँछन् ।
अमृता सिंहः के यो अध्ययनबाट गोमांस प्रतिबन्ध हरप्पाको साँस्कृतिक प्रथाको भाग थिएन भन्ने कुरा थाहा हुन्छ ?
अक्षिता सूर्यनारायणः सिंधु सभ्यतामा आहार निषेधको बारेमा अझैंसम्म हाम्रो स्पष्ट बुझाई छैन । सिंधुमा ठूलो संख्यामा भेटिएका गोजातीय हड्डीहरुले यो इङ्गित गर्छन् की गाईहरु कृषिमूखी र देहाती अर्थव्यवस्थाको निकै अभिन्न अङ्ग थिए र यीनलाई सायद आहारको रुपमा खाइन्थ्यो पनि !

अमृता सिंहः अध्ययनमा पागुर नकाढ्ने जनावरको बोसो धेरै मात्रामा पाइएको छ तर सिंधुका बस्तीहरुमा सुँगुर जस्ता जनावरहरुको अवशेष त्यति धेरै पाइएको छैन । यसले के संकेत गर्छ ?
अक्षिता सूर्यनारायणः अध्ययनमा उपयाोग गरिएको तरिकाले पागुर काढ्ने (घाँसमात्रै खाने) र नकाढ्ने(सर्वहारी) जनावरको बिचमा अन्तर पत्ता लगाउँछ । सिंधु सभ्यतामा पाइएका सर्वाहारी जनावरहरुको अवशेष सुँगुर, खरायो र चराहरुको छ । तर घरेलु पागुर काढ्ने जनावरहरु जस्तै गाई अथवा भेडा या त बाख्राहरुको अनुपातमा निकै कम छन् ।
अध्ययनलाई थप हैरान बनाउने कुरा त के हो भने वानस्पतिक उत्पादन तथा मिश्रणको आइसोटोपिक संरचना र पागुन नकाढ्नेवाला जनावरको आइसोटोपिक संरचना एउटै छ । समयानुसार वानस्पतिक र पशु उत्पादनको लागि एउटै भाँडाहरु पटक पटक प्रयोग गरिन्थ्यो जसले गर्दा कुन अवशेष कसको हो भनेर छुट्याउन गाह्रो छ । त्यसैले पत्ता लागेका प्रमाणले एउटा व्याख्यामात्रै नदिने भएकाले नतिजाको अनिश्चिततालाई स्विकार गर्नु महत्वपूर्ण छ ।
अमृता सिंहः के तपाईको अध्ययनले पागुर काढ्ने र दुग्ध उत्पादन गर्ने पशुहरुको मासुको प्रयोगबारे विस्तारमा बताउन सक्छ ? अध्ययनले के देखाउँछ ?
अक्षिता सूर्यनारायणः सिंधु क्षेत्रमा पाइने जनावरको हड्डीहरुबाट गाईवस्तु र भैंसी प्रचुरमात्रामा पाइन्थ्यो भन्ने कुरा थाहा हुन्छ । औषतमा ५० देखि ६० प्रतिशत जनावरको हड्डी फेला परेको छ । त्यसमध्ये १० प्रतिशत भेडा या बाख्राको छ । यद्यपि, सिंधु आवादीका लागि उपलब्ध संसाधनका विविधतालाई हेर्दा यो पनि सम्भव छ कि भाँडाहरुलाई जीवनभर वानस्पतिक र पशुजन्य उत्पादन दुवैको लागि प्रयोग गरिन्थ्यो । उत्पादनको मिश्रणका कारण एकल स्रोतलाई छुट्याएर अध्ययन गर्न निकै चुनौतिपूर्ण बनेको छ ।
अमृता सिंहः अध्ययनमा भनिएको छ, ‘शहरी र ग्रामिण वस्तीहरु विशिष्ठ थिए र ती वस्तीमा वस्ने मानिसहरुको विभिन्न प्रकारको भौतिक संस्कृति थियो र फरक फरक माटाका भाँडाहरु प्रयोग गर्थे । हुनसक्छ कि उनीहरुले खाना बनाउने परम्परा र खाद्य पदाार्थको तयार गर्ने शैलि साझा गरेका हुन् ।’ तपाईले यी परम्पराको बारेमा बताउँन सक्नुहुन्छ ?
अक्षिता सूर्यनारायणः सिंधु सभ्यताको शहरहरुमा धेरै अनुसन्धान तथा शोधहरु भएका छन् । उनीहरु निश्चित रुपमा पनि महत्वपूर्ण छन् तर अहिलेका अध्ययनले सिंधु सभ्यताको ग्रामीण चरित्रको विशिष्टतालाई उजागर गरिरहेका छन् । ग्रामीण वस्तीमा खास तरिकाका माटाका भाँडाहरु बनाइन्थ्यो र विभिन्न किसिमका बाली उब्जनी गरिन्थ्यो । ती बस्तीको सम्पर्क शहरहरु र अझैं परैसम्म पनि थियो ।
यो अध्ययनबाट थाहा हुन्छ कि फरमाना, कस्बे र राखीगढीजस्ता शहर र गाउँमा भाँडामा पकाइने या उपभोग गरिने उत्पादन समान थिए । यी उत्पादनमा धेरै प्रकारका वनस्पति, मासु र दुग्ध उत्पादन सामेल थिए । यो क्षेत्रमा साझा भोजन हुन्थ्यो भनेर अध्ययनले संकेत गर्छ । यद्यपि, खाना पकाउने तरिका अथवा व्यंजनहरुको विशिष्ट विवरणको बारेमा जान्न सम्भब छैन ।
अमृता सिंहः उत्तर पश्चिम भारतमा सिंधु सभ्यताद्वारा खाइएका भोजनमाथि हाल भइरहेका विमर्शलाई यो अध्ययनले कसरी जोड्छ ? यो अध्ययन प्राचीन माटाका भाँडामा गरिएका पछिल्ला अध्ययनहरु भन्दा कसरी फरक छ ?
अक्षिता सूर्यनारायणः सिंधु सभ्यताका धेरै स्थानहरुमा भाँडाहरुलाई वास्तविक रुपमा अध्ययन गर्ने यो पहिलो व्यवस्थित अध्ययन हो । हामीकहाँ वनस्पतिको अवशेष अथवा बालीको उपयोग गर्ने जनावरहरु माथि निकै धेरै अध्ययन भएका छन् । तर, यो अध्ययन विधिले हामीलाई खाद्य पदार्थहरु तथा दुग्ध जस्तो माध्यमिक उत्पादनमाथि झलक दिएको छ । नतिजाले सिंधुका वस्तीहरुले उपयोग गरेका उत्पादनहरुको विविधतालाई पुष्टि गर्छ ।
प्राचीन माटाका भाँडाहरु माथि गरिएको अध्ययनहरुको जोड धेरैजसो भाँडाको उत्पादनसम्म त हुन्छ तर उनीहरुको उपयोगमा हुँदैंन । लिपिड अवशेषहरुमाथि भएको एउटा पुरानो अध्ययनले नौशारोको एउटा एकल छिद्र भएको भाँडोको जाँच गरेको थियो । उक्त अध्ययनले उक्त भाँडो दुग्ध उत्पादनको लागि प्रयोग भएको निश्कर्ष निकालेको थियो । तर, उक्त अध्ययनबाट उक्त भाँडो दुग्ध प्रशोधनका लागि प्रयोग भएको थियो भनेर थाहा हुन सकेको थिएन । एक पछिल्लो अध्ययनले गुजरातको सोरठ हरप्पाका भाँडाहरुको जाँच गरेर हाम्रो जस्तै निष्कर्ष निकालेको थियो ।
अमृता सिंहः तपाईलाई भारतको प्राज्ञ जगतले यो अध्ययनलाई कसरी लिन्छ भन्ने लागेको छ ? भारतमा लिपिड विश्लेषणको बाटोलाई यो अध्ययनले खुला गर्ला ?
अक्षिता सूर्यनारायणः मलाई आसा छ कि यो अध्ययनपछि दक्षिण एसियामा प्राचीन खाद्य पदार्थको बारेमा अधिक चर्चा हुनेछ । अझैं धेरै कुरा खोज्न बाँकी छ । दक्षिण एसियामा शोध गर्ने अन्य पुरातत्वविद् पहिलेदेखि नै लिपिड अवशेषको विश्लेषण तथा दाँत र हड्डीको आइसोटोपिक विश्लेषणको माध्यमबाट आहारको जाँच गरिरहेका छन् । आसा छ कि पुरातत्विक विज्ञानको बढ्दो उपयोगले नयाँ अन्तरदृष्टि मिल्नेछ । यद्यपी, यो शोधसँगै एउटा ठूलो चुनौती पनि छ । जैविक अवशेष नष्ट हुँदैछन् जसले विस्तृत विश्लेषणलाई सिमित गर्छन् ।
- लुम्बिनी टाइम्सका लागि अनुवाद : जीवराज चालिसे