रुपन्देही । समाजमा हुने सबैखाले हिंसा नियन्त्रणका लागि लुम्बिनी प्रदेश प्रहरीले सक्रियता देखाएको छ । प्रहरीले लैङ्गिक हिंसा, जातीय छुवाछुत तथा विभेद अन्त्यका लागि विशेष अभियान चलाएको छ ।
समाजमा हिंसा तथा दुर्व्यवहार नियन्त्रणका लागि अभियान सफल बनाउन प्रदेशका १२ वटा जिल्लाका ६५ प्रहरी कार्यालय र ५३ इलाका प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको छ ।
हिंसामुक्त समाज निर्माण गरी सुन्दर शान्त प्रदेश निर्माण गर्ने उद्देश्यले प्र्रहरीले पछिल्लो समयमा दर्जनाैं अभियान चलाएको छ । प्रहरीले आइतबारदेखि जातीय छुवाछुत तथा बालविवाह रोकथामका लागि तीन महिने अभियान शुरु गरेको छ ।
यस अभियान अन्तर्गत समुदायमा हुने जातीय छुवाछुत तथा बालविवाह जस्ता अपराध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम तथा अन्तरक्रिया, छलफल, पर्चा र पम्पलेट वितरण, कानुनी प्रावधान बारे जानकारी तथा विद्यालयस्तरमा समेत प्रशिक्षण प्रदान गरिने प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरीष्ठ उपरीक्षक राजकुमार बैदवारले बताए ।
यो अभियानको मुख्य उद्देश्य समाजमा हुने जातीय छुवाछुत तथा वालविवाह जस्ता अपराधको रोकथाम तथा नियन्त्रण कार्यमा सहयोग पु¥याई जातिय विभेद तथा बालविवाह मुक्त समाजको सिर्जना गर्नु रहेको प्रहरी बरीष्ठ उपरीक्षक बैदवारको भनाइ छ । चैत्र महिनाम्म चल्ने यो अभियानको अवधिभर कम्तिमा तीन सय ९० वटा कार्यक्रमहरु सञ्चालन हुने छन् ।
लुम्विनी प्रदेश प्रहरीले सञ्चालन गरेको यस अभियानलाई उपलब्धिमुलक बनाउने सबै जना आआफ्नो तर्फबाट सक्रिय सहभागि बन्नका लागि प्रहरीले आग्रह समेत गरेको छ । “यदि तपाईमाथि यस्तो अपराध भएमा वा भइरहेको थाहा पाएमा प्रहरीलाई सूचना दिई सचेत नागरिकको पहिचान दिऔं”, प्रवक्ता बैदवारले भने ।
यसअघि प्रहरीले लुम्बिनीे सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध विशेष अभियान समेत चलाएको छ । यौनजन्य दव्र्यवहार विरुद्धको कार्यलाई नियन्त्रण गरी सुरक्षित, सभ्य र महिला तथा बालबालिकामैत्री वातावरणको सिर्जना गर्नका विशेष अभियान थालिएको प्रवक्ता बैदवारले बताए । यसका लागि यौनजन्य दुव्र्यवहार विरुद्धको कार्ययोजना २०७७ सञ्चालन गरिएको छ । फागुनसम्म चल्ने यो अभियानले अभियानले सार्वजनिक यातायातमा महिला तथा बालबालिकामैत्री वातावरण निर्माण गर्नेछ अपेक्षा गरिएको छ ।
पुस १ गतेबाट सञ्चालन भएको यो अभियानको पहिलो चरण अन्तर्गतको कार्यक्रम सकिएको र २४ गतेबाट दोस्रो र तेस्रो चरण अन्तर्गतका काम थालिएको प्रहरीको भनाइ छ ।
अभियान अन्तर्गत लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय गरी सबै प्रहरी युनिटबाट प्रत्येक महिना दुई वटा कार्यक्रम सञ्चालन गरिने र अवधिभर सात सय २० वटा कार्यक्रम सञ्चालन हुनेछन् ।
प्रहरीले सञ्चालन गरेको सेफ्टी पीन अभियानमाा सहभागि हुन र सार्वजनिक स्थान र सार्वजनिक सवारीसाधनमा हुने यौनजन्य दुव्र्यवहारमा परेमा वा यौनजन्य दुव्र्यवहार भइरहेको देखेमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।
प्रदेश प्रहरीले बालविवाह बिरुद्ध १५ दिने अभियान यसअघि नै सम्पन्न गरिसकेको छ । अभियानमा प्रदेश अन्तरगतका सबै प्रहरी कार्यालयहरूले लक्षित बर्गसम्म पुगेर बालविवाहलाई निरुत्साहन तथा नियन्त्रण गर्न कानुन कार्यान्वयनलाई प्रभावकारी बनाउन आम जनता, स्थानीय तह, सञ्चार माध्यम, नागरिक समाजँग समन्यव गरी चेतनामूलक कार्यक्रम गरेका थिए । अभियान अन्तर्गत समुदायमा बालविवाह गैह्रकानुनी कार्य भएकाले यो कार्य नगर्न र नगराउन आग्रह गरिएको थियो । प्रदेश प्रहरी कार्यालयका अनुसार अभियान अन्तर्गत एक हजार दुई सय ३१ स्थानमा जनचेतामूलक कार्यक्रम गरिएकोे छ ।
अभियान अन्तर्गत प्रहरी कार्यालय अगाडि, बजार, राजमार्गमा व्यानर र प्लेकार्ड राख्ने ,डिउटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने ,बढी मानिसहरू हिँडडुल गर्ने स्थानहरूमा पोस्टर टाँस्ने,समय समयमा गाउँमा माईकिङ गर्ने, रेडियोबाट अभियानको जानकारी गराउने ,पालिका, वडा र गाउँ स्तरमा सरोकारवालासँग अन्तरक्रिया गरिएको थियो ।
बाल विवाहको कारणबाट शारीरिक र मानसिक रोगको सिकार, घरेलु हिंसामा बृद्धि हुने, विवाहपछि पढाइ बिग्रने, बिभिन्न पारिवारीक, सामाजिक, आर्थीक असर परी बिभिन्न अपराध जन्य समस्याहरु सिर्जित हुने सक्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको प्रहरीको भनाइ छ ।
कोभिडकोे महामारीका समयमा यस्ता घटनाहरु अझ घटन सक्ने हुँदा बालविवाह विरुद्ध प्रहरी अभियान सञ्चालन गरी नियन्त्रणको प्रयास भइरहेको छ ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ११ मा बिवाह सम्बन्धि कसुरमा बालविवाह स्वतः बदर र कसुर गर्नेलाइ तीन बर्ष कैद र तीस हजार रुपैयाँ जरिवाना समेत तोकिएको छ ।
यसरी बालविवाह हुँदा वालवालिकाहरू पढन पाउने, स्वेच्छिक विवाह गर्न पाउने, समाजमा सम्मानपूर्वक बाँच्न पाउने हकबाट समेत बञ्चित हुन्छन तसर्थ सुरक्षित, शान्त, सम्मुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि बालविवाह नियन्त्रण गर्न जरुरी रहेकोले यस अभियानलाई सबैले सहयोग गर्न जरुरी रहेको प्रहरीको आह्वान छ ।
अभियान सफल बनाउन जिल्ला र इलाका प्रहरी कार्यालयहरु पनि सक्रिय बनेका छन् । जिल्लाका सामुदायिक प्रहरीहरु परिचालन गरी चेतनामुलक कार्यक्रम अघि बढाइको छ भन्नुहुन्छ, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापा । हिंसा र विभेद विरुद्धका सबैखाले अभियान सफल बनाउन जिल्लामा रहेको दुर्गा सामुदायिक प्रहरी खजहना, धकधइ सामुदायिक प्रहरी, बुद्ध सामुदायिक प्रहरी, आवारोड सामुदायिक प्रहरी र गोलपार्क सामुदायिक प्रहरी बुटवललाई परिचालन गरिएको प्रवक्ता थापाले जानकारी दिए । जिल्लामा ७६ वटा प्रहरी युनिट छन् ।