पोखराबाट १९ जना विदेशी र ३० जना नेपाली गरी ४९ जना पदयात्रीको यात्रा पोखराबाट सुरु भयो । नेपालीहरुको टोलीमा भने पदयात्रीहरुको व्यवस्थापनमा खटिएका गाइड, कुक, पोर्टर तथा अन्य सहयोगी थिए । टोली पोखराबाट धम्पुससम्म मोटरमै पुग्यो । त्यही पदयात्रीहरुको जम्बो टोलीमा यो पंक्तिकार पनि मिसिएको थियो । पदयात्राको पदप्रदर्शक थिए प्रिय मित्र बिपिन पौडेल । उनकै आमन्त्रणमा पंक्तिकार पनि मिसिएको थियो, बिल्कुल नयाँ अनुभवका लागि ।
कास्कीको धम्पुससम्मको यात्रा मोटरमै भयो । धम्पुसबाट पदयात्रा सुरु गर्दा बिहानको १० बजिसकेको थियो । लेकतिरको चिसो जंगलमा घाम अनि वादलुको लुकामारी अनि लेकाली ढुंगा छापिएको बाटोमा पदयात्रीहरुको पदचापले सिर्जना गरेको एकनासे संगीतले यात्रा रोमाञ्चित थियो । करिब दुई घन्टाको हिंडाइसँगै टोली पितम देउरालीमा खाना खान रोकियो ।
.jpg)
२ हजार १०० मिटरको उचाईमा रहेको देउरालीलाई घरी कुहिरोले छपक्कै छोप्थ्यो त घरी छ्यांग उग्रिएर चरक्क घाम चर्किन्थ्यो । फेरि एकैछिनमा आकाश कालोनिलो भएर मोतीरुपी पानीका बुँदहरु खस्थे । पितम देउरालीको घाम–पानी–वादलको लुकामारी निकै रोमाञ्चित थियो । खानापछि हिंडाईले गति लियो । दृष्यहरु पूर्ववतः थियो । लेकको जंगलको बिचमा आउने उनै उकाली, ओराली, चउर, खोल्साखोल्सी, अनि पूर्ववत शीतले भिजेका रुखबिरुवा, रंगीचंगी लहरालुहुरीले बेरिएका बोटविरुवाले विविधता भने थपेकै थियो । अनि एकतमासले कराउने झ्याउँकिरी र पदयात्रीहरुको पदचापले सन्नाटा चिरिरहेको थियो ।
.jpg)
बेलुकीको बास २५०० मिटर उचाईमा रहेको फरेस्ट क्याम्प, (जसलाई स्थानीयहरु कोकर भन्दारहेछन्) मा बसियो । क्याम्पिङसहितको पदयात्रा गर्दै थियो यो टोलीले । त्यसैले पहिलो दिनको गन्तव्यमा पुग्दा हाम्रा लागि क्याम्पहरु तयार भइसकेका थिए । एक त पदयात्राकै लागि हिंडेको यो पहिलो अनुभव थियो, त्यस्तै क्याम्पको सुताई पनि नितान्त पहिलै थियो मेरा लागि । हामीले कोकरको खुल्ला चउरमा टेन्ट लगाई रात बितायौं । क्याम्पभित्रको सुताईले मलाई भूकम्पको सम्झाना दिलायो । यद्यपि यो सुताई पर्यटकीय थियो । रहरको थियो । यहाँ न्यूनतम् सुविधा सबै थियो । जबकि भूकम्पपीडित नागरिकहरुको त्रिपाल जिन्दगी निकै दुष्कर थियो ।
दोस्रो दिन बिहान उठ्दा तन अनि मन सबै चंगा भयो । मौसम निकै सफा र कञ्चन थियो । अनन्तसम्म फैलिएको नीलो आकाशमा कताकता देखिएका बादलका ससाना टुक्राहरु समूह छुटेर रुमल्लिएझैं प्रतीत हुन्थे । दायाँतिर घान्द्रुक गाउँको चहकिलो दृष्यले मन फुरुंग बनाइदियो । मार्दी हिमालको पदयात्रा त्यस क्षेत्रको कान्छो रुट रहेछ । ५ दिने मार्दी बेसक्याम्पसम्मको पदयात्रा हिमाल हेर्ने सबैभन्दा छोटो मार्ग पनि रहेछ । तर, अफसोच हाम्रो टोलीको पदयात्राको रुट भने हिमाल हेर्ने नभई त्यही मार्दीकै फेदीमा रहेको सिदिङ गाउँको एक विद्यालय भ्रमण भएकोले हामी बिहानको चियानास्ता पछि उकालो हैन ओरालोतर्फ झर्यौं ।
.jpg)
करिब ३ घन्टाको हिंडाईसँगै हामी गन्तव्यमा पुग्यौं । माछापुच्छ्रे अनि मार्दी हिमालको फदीमा रहेको सुन्दर गाउँ सिदिङबाट माछापुच्छ्रे हिमालको आकृति निकै सुन्दर देखिन्छ भन्ने अनुमान लगाउन गारो थिएन, किनकि अपरान्हमा हिमालको सुन्दरता बादलुको घुम्टोमा छोपिइसकेको थियो । अब त्यो घुम्टो मध्येरातमा तापक्रम घट्दै गएपछि बिहानीपखको भुकभुकेमा मात्रै खुल्दथ्यो । करिब ३०० घरधुरी रहेको सिदिङ गाउँ मार्दी हिमाल पदयात्राको लागि सबैभन्दा छोटो रुटको प्रस्थान विन्दु हो । भर्खरै भर्खरै पर्यटनतर्फ बामे सर्दै रहेछ यो गाउँ । त्यसैले केही होमस्टे संचालित भए पनि पर्यटकका लागि आवश्यक पर्याप्त पूर्वाधार जुटिसकेको देखिँदैनथ्यो । हाम्रो पदयात्राको दोस्रो दिनको बास सिदिङमै भयो ।
.jpg)
घामको पहिलो लाली पोतिएको माछापुच्छ्रे हेर्ने तीव्र चाहना थियो । बिहान चाँडै बिच्छ्यौना छाड्न अलि अल्छी गर्ने यो पंक्तिकारलाई मित्र विपिन पौडेलले बिहानै उठाइदिए । जसै मौसम सफा देखेँ, म तीनभित्ता माथि उफ्रिँदै बाहिर निस्कें अनि घामको पहिलो स्पर्शले सजिएको माछापुच्छ्रेको आकृति कैद गर्न म तम्तयार भएर बसें । अँध्यारो, सेतो, रातोहुँदै फेरि सेतो माछापुच्छ्रेको आकृति क्यामेरामा कैद गर्दै अघाउन्जेल हेरियो र केही घन्छापछि बिस्तारै सेतो वादलको घुम्टोमा वैशालु हिमाल कतै विलुप्त भयो ।
ड्ड सरकारले आगामी वर्ष सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउँदैछ । भ्रमण वर्षलाई सफल पार्दै नेपाललाई एक उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पर्यापर्यटनसँग अन्योन्याश्रित सम्बन्ध राख्ने पदयात्रा पर्यटन गतिलो विकल्प हो । हाम्रो देशमा यस्ता पर्यटकीय गन्तव्यहरु अनगिन्ती छन् । बस् तिनको पहिचान गरी छोटोदेखि लामो दूरीसम्मका गन्तव्यहरुलाई संचालन गर्नुपर्ने आवश्यकता देखिन्छ । पदयात्रा पर्यटनले ठूलो स्केलमा प्रत्यक्ष रोजगारी सिर्जना गर्ने हुनाले यसको महत्व धेरै छ ।
ड्ड पर्यटकहरुलाई हिंडाएरै आर्थिक लाभ लिन सकिने पदयात्रा पर्यटनको संभाव्यता जहिँतहीँ देखिन्छ । हाम्रा प्रत्येक डाँडा, थुम्का, भन्ज्याङ तथा पर्वतमालाहरु पदयात्राका लागि उत्कृष्ट गन्तव्य हुनेछन् । त्यसैले चालू रुटहरुको प्रवद्र्धनका साथै प्रशस्त मात्रामा छोटो र लामो दूरीका पदयात्रा रुटको पहिचान गरी पर्यटनको प्रवद्र्धन गर्नुपर्ने देखिन्छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)