प्रदेश ५ को प्रदेश सभाको हिउँदे अधिवेशन आइतबारदेखि शुरु हुँदैछ । यो अधिवेशनले प्रदेशको स्थायी राजधानी र नामको प्रवेश पाउने भएकाले राजनीतिक दलहरुदेखि सर्वसाधारणसम्मलाई चासो छ । अरु धेरै प्रदेशले नाम र राजधानी टुंगो लगाएकाले पनि प्रदेश ५ लाई राजधानी र नाम टुंगो लगाउन दबाब छ । प्रदेश सरकार गठन भएका २ वर्ष पुग्नै आँट्दा प्रदेश सरकारले २ वर्षसम्म गरेका कामको समीक्षा गर्ने समय पनि आएको छ । यसबीचमा प्रदेश ५ सरकारले प्रदेशको आवधिक योजना बनाएको छ । साथै पर्यटनलाई अर्थतन्त्रको दीर्घकालीन आधार मानिरहेकोले प्रदेश सरकारले लुम्बिनी भ्रमण वर्ष मनाइरहेको छ भने नेपाल भ्रमण वर्षको प्रादेशिक शुभारम्भ पनि गरेको छ, जसका कारण प्रदेश ५ मा पर्यटकको संख्या वृद्धि हुने आशा सरकारको छ । यसै सन्दर्भमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलसँग गरिएको कुराकानीको मुख्य अंश ।
यो करीब २ वर्षको अवधिमा प्रदेश ५ ले के गर्यो ? के उपलब्धि हासिल गर्नुभयो ?
यो बीचको अवधिलाई दुईवटा कोणबाट हेर्नुपर्छ । एउटा हामीले कुन परिवेशबाट काम आरम्भ ग¥यौं भन्ने हुन्छ । एउटा कोणबाट हेर्दा, हामीले छोटो अवधिमा धेरै काम गर्न सक्यौं भन्ने लाग्छ । संघीयताको मुख्य कम्पोनेन्ट प्रदेश हो । प्रदेश थिएन, प्रदेशले शुन्य अवस्थाबाट काम थालेको थियो । त्यसआधारमा हेर्नुहुन्छ भने प्रदेशको फाउण्डेशन तयार भएको छ । त्यो चीजलाई हेर्दा उपलब्धि हो भन्ने लाग्छ । एकवर्षभित्र प्रदेशको आवधिक योजना तयार गर्न सफल भयौं । प्रदेशका लागि आवश्यक एकल सूचीका कानुनहरु निर्माण गरेर प्रदेशहरुमा सबैभन्दा धेरै कानुन बनाउने प्रदेशका रुपमा स्थापित गर्न सफल भएका छौं । प्रदेशको प्रशासनिक संरचना निर्माण गर्ने काममा हामीले जति जनशक्ति प्राप्त गरेका थियौं त्यसको उचित व्यवस्थापन भएको छ । प्रदेश ५ मा आउने कर्मचारीले व्यवस्थापनमा भेदभाव गरियो भनेर अनुभूति गर्नुपरेको छैन । एउटा प्रणाली बनाएकाले भेदभाव छैन, यसले असन्तुष्टि र गुनासो छैन । जसका कारण काममा असहजता छैन । अर्कोतर्फ के छ भने, खासगरी बजेट निर्माण र परिचालनका सन्दर्भमा तुलनात्मक हिसाबले छोटो अवधिमा एउटा सिस्टम बसाल्न सफल भयौं । गत आर्थिक वर्षमा बजेट कार्यान्वयनमा हामी पहिलो रह्यौं । बजेट खर्च गर्ने नाममा उपभोक्ता समिति बनाएर गरेको देखिन्छ । तर हामीले सिस्टमलाई जोड दियौं । हामीले टेण्डरमार्फत काम गरेर बोली बढाबढमा जाँदा सरकारी खर्चको बचत गरेका छौं । उपभोक्ता समितिहरुबाट सबै बजेट खर्च हुन्छ, तर कामको गुणस्तर हुँदैन । उपभोक्ता समितिहरु सबैले विकासप्रति प्रतिबद्ध भएर काम गरेको पनि देखिदैन । सरकारको महत्वपूर्ण दायित्व सकारात्मक मनोविज्ञान तयार गर्ने कुरा हो, यसको प्रभाव समाजमा परेको छ । यसले लगानीका लागि अनुकुल ठाउँ कहाँ हो भन्दा प्रदेश ५ भन्ने भएको छ । राम्रा कुराको सुनुवाई हुन्छ भन्ने भावनाको विकास भएको छ । स्थानीय सरकारसँग समन्वयको काम राम्रो भएको छ । प्रदेश सरकारलाई स्थानीय सरकारले अभिभावकको रुपमा खोजी गर्न थालेका छन् । केन्द्र सरकारसँगभन्दा प्रदेश सरकारसँग स्थानीय सरकारको सम्बन्ध जीवन्त छ । यसकै प्रभावका कारण गएको वर्ष कुल गाहस्र्थ उत्पादनमा प्रदेश ५ नेपालमै सबैभन्दा अग्रणी भयो । नेपालको ७.१ प्रतिशत रह्यो हामी त्यो भन्दा माथि रह्यौं । यद्यपि हामी के गर्न चाहन्थ्यौं भन्ने कोणबाट हेर्ने हो भने हामी धेरै गर्न चाहन्थ्यौं । संघीयता कार्यान्वयनको प्रक्रिया जुन गतिका साथ हुनुपथ्र्यो, त्यो गतिका साथ हुन नसक्दा हाम्रा प्रयासहरु खुम्चिएका छन् । समयमा कर्मचारी समायोजन नहुने, वित्तिय संघीयता कार्यान्वयनमा नआउने कुरा, अधिकारको बाँडफाँडमा पनि सुनिश्चितता नहुँदा पनि केही बिलम्ब भएको छ । अर्को कोण संविधान कार्यान्वयनको कोणबाट हेर्ने हो भने हामी अघि छौं । छिमेकी मुलुक भारतलाई संविधान कार्यान्वयन गर्न १ दशक लागेको थियो । हामी त १ वर्षमै धेरै अघि पुगेका छौं । यसअर्थमा म के ठान्छु भने समग्रमा हेर्दा यो अवधि संघीयता कार्यान्वयनका दृष्टिले उपलब्धिपूर्ण छ ।
प्रदेशको कानुन निर्माणलाई संख्यामा हेर्ने हो भने धेरै देखिन्छ, तर कार्यान्वयनको अवस्था कमजोर देखिन्छ नि ।
कानुन कार्यान्वयनमा नगई बजेट कार्यान्वयन कसरी हुन्छ र ? कुन कानुन कार्यान्वयनमा गयो, कुन गएन भन्ने त तपाइँले भनेको जस्तै हामीले बनाएको कानुनमध्ये फलाना फलाना कार्यान्वयनमा गए, फलाना बाँकी छन् भन्ने होला । तर जे काम हामी गर्छौं, कानुनसम्मतै गर्छौं नि । त्यसअनुसार अहिले भएका गतिविधि त कानुनकै पालना गरेरै भएका छन् । त्यसअनुसारले कानुन कार्यान्वयनमा गएनन् भन्ने खालको कुरा होइन । तर के हुन्छ भने, कतिपय ऐनहरु बनेपछि स्वतः कार्यान्वयनमा जाँदैनन् । त्यसका लागि नियम, विनियम, कार्यविधिहरु बनाउनुपर्ने भएकाले ती काम बाँकी रहँदा ती प्रक्रियामै छन् भनेर बुझ्नुपर्छ । केही केही ऐनहरु तोकेअनुसार गर्ने भनेको हुन्छ, तोक्न बाँकी रहेको हुन्छ, त्यो हिसाबले केही चीजहरु बाँकी छन् ।
यहाँले संघीयता कार्यान्वयनका सवालमा प्रदेशको क्षेत्राधिकारका बारेमा धेरै कुरा उठाउँदै आउनुभएको छ, संघका कारण केही काम रोकिए पनि भन्नुभएको छ, तर प्रदेशको राजधानी र नामकै विषयमा यहाँले पार्टीका शीर्ष नेतालाई निर्देशन दिनुप¥यो भनेर स्थायी कमिटि बैठकमै विषय प्रवेश गराउनुभयो । यसले प्रदेशको क्षेत्राधिकारमाथि हस्तक्षेप गर्दैन ?
यो विषय कस्तो हो भने, राजनीतिक निर्णय पार्टीले गर्ने हो, प्रक्रियागत हिसाबले त प्रदेश सभाको अधिकारको कुरा हो । प्रदेश सभाले स्वीकार नगर्दासम्म त मिल्दैन । राजनीतिक हिसाबले दुई तिहाईको विषय भएकाले यो विषय राजनीतिक तहबाट सुल्झाउनु उपयुक्त हुन्छ भन्ने मेरो आफ्नो सुझाव हो । अब वैधानिक हिसाबले भन्नुहुन्छ भने प्रदेशको कुरा हो । प्रदेशका कतिपय महत्वपूर्ण कामका सन्दर्भमा स्वभाविक हिसाबले राजनीतिक रुपमा परामर्श गरेर गर्नुपर्छ । त्यसलाई अस्वभाविक मान्नुपर्छ भन्ने लाग्दैन । अर्कोतर्फ, हामीले हाम्रो प्रदेशका सबालमा के भनिराखेका छौं भने हामी प्रदेशको नयाँ राजधानी निर्माण गर्छौं भन्नेमा छौं । भर्जिनल्याण्डमै राजधानी बनाउँछौं । संघीयताले के फाईदा भो भन्दाखेरि प्रदेश ५ को राजधानी हेर्न जाउँ भन्ने बनाउँछौं । त्यो कहाँ गर्ने भन्ने कुरा सहमतिमै हुन्छ । त्यसमा राजनीतिक नेतृत्वको सुझावमा प्रदेशका बासिन्दाको भावनाअनुरुप सहमतिमै राजधानी तोकिन्छ ।
प्रदेशका कतिपय महत्वपूर्ण कामका सन्दर्भमा स्वभाविक हिसाबले राजनीतिक रुपमा परामर्श गरेर गर्नुपर्छ । त्यसलाई अस्वभाविक मान्नुपर्छ भन्ने लाग्दैन । अर्कोतर्फ, हामीले हाम्रो प्रदेशका सबालमा के भनिराखेका छौं भने हामी प्रदेशको नयाँ राजधानी निर्माण गर्छौं भन्नेमा छौं । भर्जिनल्याण्डमै राजधानी बनाउँछौं । संघीयताले के फाईदा भो भन्दाखेरि प्रदेश ५ को राजधानी हेर्न जाउँ भन्ने बनाउँछौं । त्यो कहाँ गर्ने भन्ने कुरा सहमतिमै हुन्छ । त्यसमा राजनीतिक नेतृत्वको सुझावमा प्रदेशका बासिन्दाको भावनाअनुरुप सहमतिमै राजधानी तोकिन्छ ।
तपाइँले मागेअनुरुप पार्टीले राजधानी र नामबारे केही सुझाव दियो ?
पहिले त, हामीले जनस्तरमा मागेका सुझावहरु आउँदैछन् । त्यो सुझावका आधारमा जनताको अपेक्षा यस्तो रहेछ भन्ने कुरा नेतृत्वसँग राखेर त्यसमै परामर्श गर्छौं, अनि त्यसबाटै निष्कर्ष निस्कन्छ । अब शुरु हुने हिउँदे अधिवेशनमा प्रदेश ५ को राजधानी र नामले प्रवेश पाउँछ । यो वर्षभित्रै राजधानी र नामको टुंगो लाग्नेछ । त्यो सहमतिमै टुंगिनेछ । सबैको चित्त बुझ्नेगरी र भविष्यमा पनि यो ठीक निर्णय भएको रहेछ भन्नेगरी प्रदेश सभाबाट निर्णय हुन्छ ।
तपाइँले पर्यटनलाई अर्थतन्त्रको दीर्घकालीन आधार हो भन्दै आउनुभएको छ, अहिले प्रदेश ५ मा लुम्बिनी भ्रमण वर्ष २०७६ चलिरहेको छ, बर्दियाबाट नेपाल भ्रमण वर्ष २०२० को प्रादेशिक शुभारम्भ पनि भएको छ, कसरी जोडिदैछन् यी दुई अभियान ?
लुम्बिनीमा मात्रै केन्द्रित हुने जुन प्रवृत्ति थियो, त्यसलाई फराकिलो बनाएको छ । लुम्बिनीसहित लुम्बिनी पेरिफेरीका बुद्धस्थलहरुमा चासो बढेको छ । हाम्रो उदेश्य पनि त्यही नै हो । रुपन्देही, कपिलवस्तु र नवलपरासीका सम्पदा क्षेत्रहरुमा बढेको गतिविधिले यी क्षेत्रहरुमा ध्यानाकर्षण भएको छ । हामीले लुम्बिनीलाई मात्रै आधार बनाएर हेर्दाखेरि एउटा चित्र आउला, लुम्बिनी पेरिफेरिका पर्यटकीय क्षेत्रहरुलाई समेत जोडेर हेर्ने हो भने अर्को चित्र आउला । त्यसअर्थमा म के ठान्दछु भने बुद्धसँग जोडिएका सम्पदा क्षेत्रहरुमा राज्यको ध्यानाकर्षण भएको छ । केन्द्र सरकारले लुम्बिनी विकास कोषमार्फत गर्ने कार्यक्रमहरुमा लुम्बिनीसहित कपिलवस्तु र नवलपरासीलाई पनि जोडिन थालेको छ । पछिल्लो समय रामग्रामको गुरुयोजना बनाउने काम भएको छ । तिलौराकोटको जमीन अधिग्रहणको पक्रिया अघि बढेको छ । उत्खनन्को काम पनि अघि बढेको छ । अर्कोतर्फ, पहिले पहिले लुम्बिनी भ्रमण गर्नेहरुको अनुमानित संख्या थियो, अहिले टिकटसहित भएपछि अनुमानमा नभई यकिन तथ्यांक नै आउँछ । लुम्बिनी भ्रमण वर्षले जे प्रभाव पारेको छ, त्यसको नतिजा अहिले नै देखिन्छ भन्ने हैन, हामीले त गौतमबुद्ध विमानस्थल निर्माण भइसकेपछि पर्यटकलाई आकर्षित गर्ने गरी गतिविधिहरु गरिरहेका छौं । त्यो चीजको प्रभाव भविष्यमा देखिन्छ । यसको हालैको नतिजा भन्दा पनि दीर्घकालीन हिसाबले नै प्रभाव परोस् भन्ने उदेश्यले नै लुम्बिनी भ्रमण वर्ष मनाइएको हो । भ्रमण वर्षसँग जोडेर एउटा प्रचारप्रसार गर्ने हो, साथसाथै पूर्वाधार निर्माणका लागि लगानी भित्राउने कुरा हो । यो बढेको छ । लुम्बिनी सेरोफेरोमा लगानी गर्ने, जग्गा प्राप्त गर्ने काम बढेको छ । तर, केही समस्याहरु छन्, लगानीकर्ताहरुले सहज ढंगले जग्गा प्राप्त गर्न सकिरहेका छैनन् । यो एउटा चुनौतीको विषय बनेको छ । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलप्रतिको आकर्षण बढेको छ । त्यो लुम्बिनीकै प्रचारप्रसारकै कारण हो । यसको निर्माण भएपछि लुम्बिनीमा पर्यटक आउने संख्या बढ्छ, कतिपय ठाउँमा हामीले कुरा गर्दा विमानस्थ लबनेपछि आउँछौं भन्ने कुरा हुन्छन् । अर्को कुरा, प्रचारप्रसारकै कारण पर्यटकको बसाई लम्बाउने कुरालाई पनि सघाउ पुगेको छ । लुम्बिनी भित्रका बिहारहरुको गतिविधि र लुम्बिनीमा आउने पर्यटकले गर्ने गतिविधि पनि ह्वात्तै बढेको छ । पहिलेको तुलनामा केही सकारात्मक वातावरण बनेको छ । लुम्बिनी भ्रमण वर्ष आगामी बुद्धपूर्णिमासम्म रहन्छ, वार्षिक रुपमा समीक्षा गर्न पूरा समय पर्खिनुपर्छ ।
भारतीय ट्राभल एजेन्टको व्यवस्थापनमा पर्यटक लुम्बिनी आउँछन् । लुम्बिनीकै व्यवसायीहरुले आफै पर्यटक ल्याउन सकेका छैनन् । हाम्रो उदेश्य के हो भने यस क्षेत्रका व्यवसायीहरुले भ्रमणका प्याकेजहरु ल्याएर पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ । भ्रमण प्याकेज तयार गर्दा त्यही प्रदेशका अन्य क्षेत्रहरुसँग जोड्ने काम गर्न सक्छन् । गर्मीमा लुम्बिनी आउने पर्यटकलाई पहाडी क्षेत्रमा लग्न सकिन्छ । जस्तो सुपादेउराली, पाल्पा, रेसुंगा, स्वर्गद्वारीजस्ता हिल स्टेशनहरुसम्म पर्यटक पु¥याउन सकिन्छ । उनीहरुलाई धेरै समय यहीँ बिताउन सक्ने वातावरण बनाउन सकिन्छ । यो यहीँका व्यवसायीबाट शुरु गर्नुपर्छ ।
लुम्बिनीको पर्खालभित्र र पर्खालबाहिरको जीवनस्तर र विकासको अवस्था असन्तुलित देखिन्छ, जसले सम्पदाको संरक्षण गरे उनीहरु नै अहिले टाढा भएका छन्, तिलौराकोट, रामग्राम र अरु स्थानमा पनि स्थानीयले अपनत्व महसुस गरिरहेका छैनन्, उनीहरुलाई पाखा लगाएर त्यहाँको विकास होला त ?
पर्यटकीय क्षेत्रमा गतिविधि बढेपछि त्यसले रोजगारी सिर्जना गर्छ । यदि लुम्बिनी हुँदैनथ्यो भने त्यहाँको अवस्था अहिलेको जस्तो हुँदैनथ्यो । त्यसको प्रत्यक्ष लाभ स्थानीयले नै लिने हो । लुम्बिनीमा पर्यटक आउनु, त्यहाँको बजार गुल्जार हुनुको कारण बुद्ध जन्मस्थल लुम्बिनी नै हो । त्यसको फाईदा त स्थानीयलाई नै हुन्छ । स्थानीयको भनाई के हुन्छ भने विहारहरु आवासीय स्थलको रुपमा प्रयोग भए भन्ने कुरा हो, विहारहरुका कारणले आफ्ना गतिविधि प्रभावित भए भन्ने कुरा छ । विहारहरुमा खानेकुराहरुलाई लिएर भन्ने हो भने सामान त त्यही बजारकै त बिक्री हुने हो । तर, तिनीहरुलाई लजका रुपमा प्रयोग गरिन्छ कि भन्ने चिन्ता जायज हो । विहारहरुमा त्यसरी प्रयोग भएको छ भने त्यसलाई रोक्नुपर्छ । त्यहाँको बजार जति गुल्जार हुनुपर्ने हो त्यती हुन नसक्नुका केही कारण छन् । एउटा त, त्यहाँको शिक्षा, स्वास्थ्य, सामाजिक चेतना बढ्दै गयो भने त्यसअनुसारको अवस्थामा पनि परिवर्तन हुँदैजान्छ । त्यो अब बेला शुरु भएको छ । किनकी लुम्बिनी गुरुयोजना पूरा नभएका कारणले अन्य क्षेत्रमा चासो बढ्न सकेको छैन । अर्कोतर्फ लुम्बिनीमा जति पर्यटक आउनुपर्ने हो त्यती आइरहेका छैनन् । त्यसको वातावरण बन्दैछ । तपाइँले भने जस्तो गरी पर्यटकको आगमन बढ्दै गयो भने त्यहाँको माहोलमा परिवर्तन आउँदै जान्छ । लुम्बिनी भ्रमण वर्षको उदेश्य पनि लुम्बिनीको पर्खाल बाहिर र भित्रको गतिविधिलाई जोड्न र अपनत्व महसुस गराउने पनि हो ।
प्रदेश ५ मा पर्याप्त पर्यटकीय स्थलहरु घुम्नलायक छन्, तर भौतिक पूर्वाधार र सडकको सहज पहुँच पुगेको छैन । सरकारले एकोहोरो प्रचार गरिरहने, तर त्यहाँसम्म पुग्न, खानबस्नका लागि सेवासुविधा उपलब्ध गराउनेतर्फ ध्यान नदिने हो भने कसरी भनेजसरी उदेश्यहरु पूरा होलान् ?
अहिलेको अवस्थामा कतिपय स्थानहरुमा यस्ता समस्या छन् । यसको व्यवस्थापन सरकारले गरिरहेको छ । त्यसका लागि कार्यक्रमहरु चलिरहेका छन् । एउटा कुरा के हुन्छ भने, अझैपनि स्थानीय व्यवस्थापनमा पर्यटन प्रवद्र्धन गर्ने काम भइरहेका छैनन् । अहिले पनि काठमाडौं घुम्न आएका पर्यटकहरु लुम्बिनी आउँछन् । भारतीय ट्राभल एजेन्टको व्यवस्थापनमा पर्यटक लुम्बिनी आउँछन् । लुम्बिनीकै व्यवसायीहरुले आफै पर्यटक ल्याउन सकेका छैनन् । हाम्रो उदेश्य के हो भने यस क्षेत्रका व्यवसायीहरुले भ्रमणका प्याकेजहरु ल्याएर पर्यटकलाई आकर्षित गर्न सक्नुपर्छ । भ्रमण प्याकेज तयार गर्दा त्यही प्रदेशका अन्य क्षेत्रहरुसँग जोड्ने काम गर्न सक्छन् । गर्मीमा लुम्बिनी आउने पर्यटकलाई पहाडी क्षेत्रमा लग्न सकिन्छ । जस्तो सुपादेउराली, पाल्पा, रेसुंगा, स्वर्गद्वारीजस्ता हिल स्टेशनहरुसम्म पर्यटक पु¥याउन सकिन्छ । उनीहरुलाई धेरै समय यहीँ बिताउन सक्ने वातावरण बनाउन सकिन्छ । यो यहीँका व्यवसायीबाट शुरु गर्नुपर्छ । अर्को संम्भावना, मानसरोवरआधारित पर्यटनलाई त्यसैगरी टुरप्याकेजको रुपमा विकास गर्नुपर्छ । नेपालगञ्ज आउने पर्यटकलाई ठाकुरद्वारा, बाँके राष्ट्रिय निकुञ्ज घुमाउने र रारा र जुम्लाको भ्रमण गराउने प्याकेज निर्माण गर्न सकिन्छ । हामीले हाम्रा शहरहरुलाई छिमेकी प्रदेशसँग जोड्ने काम पनि गर्नुपर्छ । भविष्यमा हामीले हाम्रो प्रदेशबाट पोखरा, जुम्ला जोड्ने कुरामा पनि छलफल चलिरहेको छ । भैरहवाबाट पोखरालाई पर्यटकीय गन्तव्यका रुपमा जोड्न सकिरहेका छैनौं । त्यसका लागि स्थानीय स्तरमै टुर एजेन्टहरु तयार गर्ने काम पनि गर्ने तयारीमा छौं । त्यसो भयो भने यहाँको पर्यटन प्रवद्र्धन हुन थाल्छ । यस हिसाबले पनि पर्यटन मन्त्रालयले काम गर्न लागिरहेको छ ।
अन्त्यमा, तपाइँले धेरैजसो सार्वजनिक कार्यक्रमहरुमा मिडियाको चर्को आलोचना गर्दै आउनुभएको छ । यहाँको विचारमा मिडियाले के गरेन भन्ने लाग्छ ? प्रशंसाको मात्रै अपेक्षा गर्नुभएको त हैन ?
मैले भनेको सबै मिडियाको कुरा हैन । यसलाई धेरै सामान्यीकरण गर्नुहुँदैन । खासगरी काठमाडौंकेन्द्रित राष्ट्रिय दृष्टिकोण निर्माण गर्ने मिडियाहरुको कुरा मैले गरेको हुँ । काठमाडौंकेन्द्रित केही मिडियाहरुको सोंच काठमाडौं केन्द्रित छ । मैले उनीहरुकै उपस्थितिमा पनि भन्ने गरेको छु, तिमीहरु काठमाडौंमा प्लटिङ गरेर न्युज बनाउछौ । उनीहरु रिपोर्टरलाई फोन गरेर यो खालको न्युज बनाउ भनेर त्यसअनुसार न्युज बनाउन लगाउने गरेका छन् । आफ्नो आवश्यकताका लागि समाचार बनाउने गर्छन् । फिल्डमा काम गरिराखेका मानिसहरुको सिर्जनात्मकतालाई विकास हुन नदिने काठमाडौं केन्द्रित मिडियाको मानसिकता छ । त्यो चीजलाई सुधार गर्नुपर्छ । अर्कोतर्फ, संक्रमणका कारणले एनार्किजम् (अराजकता) का कारण पनि यस्तो भएको छ । यसमा सुधार आउनुपर्छ । हाम्रो आम मिडियामा लोकतन्त्रका लागि लामो समयसम्म लडेका कारणले राजनीतिक मुद्दाहरुले प्राथमिकता पाउँदै आए । अब विकासतर्फ केन्द्रित हुनुपर्छ भन्ने मेरो कुरा हो । यसलाई सकारात्मक रुपमा लिईदिएहुन्थ्यो भनेको हुँ ।