भैरहवा -रुपन्देहीमा गत आर्थिक वर्षमा विनियोजित बजेटको ९२ प्रतिशत खर्च भएको छ। आर्थिक बर्ष २०७७/०७८ मा जिल्लामा संघिय सरकारबाट ३८ अर्ब ७५ करोड ३७ लाख ५६ हजार २ सय १६ रुपैया बजेट विनियोजन भएको थियो । जसमध्ये ३५ अर्ब ६६ करोड ५५ लाख ४२ हजार ५ सय ९३ रुपैया अर्थात ९२ प्रतिशत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाका अनुसार गत आर्थिक वर्षमा चालु तर्फ ३२ अर्ब ७२ करोड ४५ लाख २४ हजार ५ सय ५३ रुपैया बिनियोजन भएको थियो । जस मध्ये कार्यालयबाट ९५ प्रतिशत अर्थात ३१ अर्ब १८ करोड ५३ लाख ८५ हजार ७ सय ४७ रुपैया निकासा भएको छ।
यस्तै पूंजिगत तर्फ ६ अर्ब २ करोड ९२ लाख ३१ हजार ६ सय ६३ रुपैया बिनियोजन भएको थियो। त्यसको ७४ प्रतिशत अर्थात ४ अर्ब ४८ करोड १ लाख ५६ हजार ८ सय ४५ रुपैया निकासा भएको छ । गत आर्थिक बर्ष २०७७/०७८ मा जिल्लाका सुरक्षा निकायले पूंजिगत खर्च तर्फ करिब सत प्रतिशत खर्च भएको प्रमुख कोष नियन्त्रक शशिन्द्र खातीले बताए।
यस्तै बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन ईकाईले पूंजिगत तर्फ बिनियोजित बजेटको ९९.९१ प्रतिसत खर्च गरेको छ। सभाहल र प्रदर्शनी केन्द्रको लागि ६३ करोड ४० लाख रुपैया विनियोजन भएकोमा ६३ करोड ३४ लाख ७८ हजार ५ सय ६८ रुपैया खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय रुपन्देहीको तथ्यांकमा उल्लेख छ ।
सडक डिभिजन बुटवलले पूंजिगत तर्फ ८१.३५ प्रतिसत खर्च गरेको छ। डिभिजनको लागि १ अर्व ९२ करोड ८५ लाख २९ हजार विनियोजन भएको मध्ये १ अर्ब ५६ करोड ८७ लाख ८२ हजार ६ सय २८ रुपैया खर्च भएको हो।
भैरहवामा निर्माणाधिन अवश्थामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थलमा रहेको भन्सार कार्यालयको चालु खर्चको लागी ३६ लाख ८२ हजार रुपैया र पूंजिगत खर्चको लागी ३५ लाख रुपैया बिनियोजन भए पनि समयमै बिमानस्थल सुरु नभएको कारण उक्त बिनियोजित रकम खर्च नै हुन सकेन। जिल्लामा पूंजिगत तर्फ केही कम खर्च भएको देखिए पनि राष्ट्रिय परिदृश्यमा भने यो सन्तोषजनक नै मान्न सकिने अवश्थामा रहेको कार्यालय प्रमुख शशिन्द्र खातीको भनाई छ।
रुपन्देहीका लागि गत आर्थिक वर्षमा ३८ अर्ब ७५ करोड विनियोजन भएपनि त्यसको झण्डै एक खर्ब बढी जिल्लाले केन्द्रलाई राजस्वको योगदान गरेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले उपलब्ध गराएको तथ्यांक अनुसार रुपन्देहीबाट मात्र १ खर्ब ३७ अर्ब १ करोड १२ लाख ३३ हजार ७ सय ६४ रुपैया राजस्व असुल भएको छ ।
सबै भन्दा बढी भैरहवा भन्सार कार्यालयले १ खर्ब १२ अर्ब ५५ करोड ४ लाख ९७ हजार २ सय ५८ रुपैया राजस्व असुल गरेको छ। यस्तै आन्तरिक राजस्व कार्यालय भैरहवाले ११ अर्व ५१ करोड ८ लाख २९ हजार ३ सय १६ रुपैया र आन्तरिक राजस्व कार्यालय बुटवलले ११ अर्ब १० करोड ८ लाख ४० हजार ९ सय २९ रुपैया राजस्व असुल गरेको थियो ।
कोष तथा लेखा नियन्त्रक कार्यालय भैरहवाले १ अर्ब ३८ करोड ८६ लाख १ हजार १ सय ५ रुपैया, जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले ५ करोड ७१ लाख ४० हजार राजस्व उठाएको थियो ।
विगत ५ वर्षको अवस्था
२०७७/०७८ मा रुपन्देहीको बजेट अघिल्लो आर्थिक वर्ष २०७६/७७ भन्दा ४५ करोडले बढि हो । आर्थिक वर्ष २०७७/७८ मा प्रगति ९२ प्रतिशत भएको छ। आर्थिक वर्ष २०७६/७७ मा ८७.१६ प्रतिशत मात्र खर्च गरेको छ । विनियोजित रकम मध्ये आर्थिक वर्ष १३ प्रतिशत बजेट भने फ्रिज भएको छ।
आव २०७५/०७६ मा पँुजिगत तर्फ ९२.३७ प्रतिशत खर्च भएको छ। २०७४/०७५ मा कुल बजेटको ९०.४३ प्रतिशत, २०७३/०७४ मा ७४.४३ प्रतिशत खर्च भएको थियो।