काठमाडौं- नेपाल आयल निगमले दशैंमा सबै प्रकारको इन्धनको अभाव नहुने स्पष्ट पारेको छ। निगमका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले सबै डीपोहरुमा भण्डारण क्षमता अनुसार इन्धन भण्डारण गरिसकेको बताए।
उनले भने, ‘केही दिनदेखि काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको छ। हामीले सबै उपभोक्ताहरुलाई इन्धन अभाव हुन दिने छैनौ। तर उपभोक्ताहरुले पनि अभावको आशंकामा असुरक्षित भण्डारण नगरिदिनु हुन आग्रह छ।’
उनका अनुसार दशैंमा पनि पाईपलाईनबाट पेट्रोलियम ढुवानी नियमित हुने भएकाले अभाव सिर्जना हुने छैन। उनले भने, ‘ बुधबारदेखि नै हामीले बुधबारदेखि २० हजार किलोलिटर तेल पाईपलाईनबाट आउँदैछ। त्यसको वैकल्पिक पनि ३ सय ट्याङ्करमा इन्धन भरेर तयारी अवस्थामा राखेका छौ। साथै डिपोहरुमा पनि इन्धन पुर्याउने व्यवस्था गरिसकेका छौ।’