बुटवल-प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ को आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिदर २ प्रतिशतमा खुम्चिने अनुमान गरिएको बताएका छन् ।
प्रदेश सभामा आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्ने क्रममा उनले कोरोना भाइरसको महामारीका कारण कृषि र उत्पादनका क्षेत्रमा व्यापक कमी आउने भएकाले आर्थिक वृद्धिदर सोचेअनुसार नहुने बताएका हुन् ।
उनलेो प्रदेशक सांगठनिक संरचना र कानुनी आधार तयार भएको भन्दै आगामी आर्थिक वर्षदेखि सरकारले कामको रफ्तार बढाउन सक्ने उनले बताए ।
समयतालिकाअनुसार विकास निर्माणका काम तीब्र गतिमा अघि बढिरहेको बताउँदै उनले प्रदेशको गौरवका आयोजना र ठूला योजना पहिचान गर्न काम गरिरहेको समयमा कोरोना भाइरसको महामारीका कारण त्यो गति रोकिएको बताए ।
साउनदेखि महामारीको संकटमा कमी आउने विश्वास व्यक्त गर्दै उनले त्यसपछि केही सुधारका संकेत देखा पर्ने बताए ।