बुटवल-प्रदेश ५ सरकारले प्रदेश भित्र हुने विकास निर्माणका काममा प्रयोग भइरहेका विदेशी श्रमिकलाई वि्थापित गरी स्वदेशी श्रम उपयोग गर्ने नीति लिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा बजेट पेश गर्दै विदेश पलायन हुने श्रमशक्तिलाई स्वदेशमै उपयोग गरिने बताए । उनले उत्पादन र रोजगारीका अवसर सिर्जना गर्ने गरी कार्यक्रम ल्याएको बताए ।
कृषिमा युवालाई आकर्षित गर्दै अर्थतन्त्र निर्माणको आधार बनाउने र छिटै आर्थिक प्रतिफल हुने क्षेत्रमा लगानी गर्ने उनले बताए ।