दाङ-तत्कालीन वेष्टर्न डेभलपमेन्ट बैँक हाल देव विकास बैंकमा भएको झन्डै १८ करोड रूपैयाँ बराबरको रकम हिनामिना प्रकरणमा तत्कालिन वेष्टर्न बैँक सञ्चालक सहित ५६ जनामाथि बैंकिङ कसुर मुद्धा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङले देव बैंकको १८ करोड हिनामिना प्रकरणमा अनुसन्धान गरेर शुक्रवारमात्रै जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो । आइतवार जिल्ला सरकारी वकिल कार्यालयले बुढाथोकिसहीत ६ जना बैँक सञ्चालक, एक जना अडिटर, सिओसहीत ६ जना बैँक कर्मचारी, खाताको रकम दुरुपयोग गर्ने ४३ जना गरेर ५६ जनामाथि तुलसिपुरस्थ्ति उच्च अदालत तुलसिपुरको वाणिज्य इजलाशमा मुद्धा दर्ता गरेको हो ।
मुद्धा दर्ता गर्नेक्रममा बैँक सञ्चालकहरु र सिओ फरार रहेको उल्लेख गरीएको छ । जिल्ला सरकारी वकिल कार्यालय दाङका कार्यालय प्रमुख सुशिल देवकोटाले तत्कालिन वेष्टर्न बैँक नारायणपुर हाल देव विकास बैँकका म्यानेजर समिर बुढाथोकिलाइ मुख्य योजनाकार र अन्य बैँक सञ्चालक, ऋण वोर्डका सदस्य, अडिटर, बैँकका सिओसहीतका कर्मचारीहरु र खाताको रकम दुरुपयोग गर्नेलाई सहयोगीका रुपमा मुद्धा दर्ता गरीएको जानकारी दिए ।
सरकारी वकिल कार्यालयले बैँक हिनामिना प्रकरणमा तत्कालिन बेष्टर्न बैँक सञ्चालक समितिका अध्यक्ष ओमभक्त बुढाथोकि, सञ्चालकहरु अर्जुन बुढाथोकी, वेगमबहादुर भण्डारी, शेषमणि गौतम, खड्ग बुढाथोकी, निर्मल देवकोटामाथि बैंकिङ कसुर मुद्धा चलाएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए।
त्यस्तै हिनामिना प्रकरणमा तत्कालिन बेष्टर्न बैँकका सिइओ खिमबहादुर डिसि, बैँकका कर्जा विभाग प्रमुख अनिल कुमार न्यौपाने, बुटवलका अडिटर प्रेम भुर्तेल, लोन सहायक पोषणराज जैसी, सहायक सिर्जना थापासहित ६ जना र खाताको रकम दुरुपयोग गरेकोमा बसन्त बहादुर बस्नेतसहित ४३ जनामाथि मुद्ता दर्ता गरिएको छ ।
सरकारी वकिल कार्यालयले अदालतमा दायर गरेको मुद्धामा १८ करोड ३ लाख ७२ हजारको दोब्वर विगो (३६ करोड बढी) सहीत सो बमोजीम जरीवाना र अभियुक्तलाई कैद सजायको माग गरीएको छ ।
कार्यालय प्रमुख देवकोटाले तत्कालिन व्राञ्च म्यानेजर बुढाथोकीले ३६ जनाको नक्कली कर्जा बनाई गलत कर्जा प्रवाह गरी वैँकको सो रकम हिनामिना गरेको अनुसन्धानका क्रममा देखीएको बताए ।
उनले हिनामिना प्रकरणमा सिइओ, लोन अधिकृतसहीत कर्मचारी र वैँक सञ्चालकहरुले कृतिम नक्कली कर्जा बनाउँदा समेत चरम लापरवाही देखीएको जानकारी दिए । अनुसन्धानकाक्रममा एकै दिन बैँकको हिसाव किताव अडिट गरीएको पनि खुल्न आएको बताए । व्राञ्च म्यानेजरले २ लाख भन्दा बढि कर्जा नै प्रवाह गर्न नपाउने नियम रहेकोमा यति ठुलो रकम हिनामिना भएकाले यसमा बैँक सञ्चालक, सिओकोे चरम लापरवाही देखीएकोदेवकोटाको भनाई छ । बैकिङ कसुर मुद्धामा विगो वमोजिम जरीवानासहीत दुई वर्षदेखी ६ वर्षसम्म कैद सजाय हुने कानुनि ब्यवस्था रहेको छ ।