बुुटवल– लकडाउन सुुरु हुुनु पूर्व (चैत ११) देखि सुुनसान बनेको होटल व्यवसाय क्षेत्र अझै खुल्न सकेको छैन । लकडाउन खुुकुुलो बनेसँगै अन्य क्षेत्रहरु विस्तारै खुुल्न थालेका छन् । तर, पर्यटन/होटल व्यवसाय क्षेत्र झण्डै चार महिना बन्द हुुँदा धरासायी बनेको छ ।
असार १ गतेदेखि सरकारले लकडाउन खुुकुलो बनाएर अन्य व्यवसाय सञ्चालन गर्न दिए पनि होटल, सार्वजनिक यातायात, ब्युटीपार्लर, पार्क र फिल्म हल ‘रेड जोन’ मै राखेको छ । लकडाउन खुुकुलो भएपछि चियानास्ता पसलबाहेक अन्य सबै होटलहरु पूर्ण रुपमै बन्द छन् ।
पर्यटन क्षेत्रको खुुल्ने अनिश्चित हुँदा अवस्था गम्भीर आएको व्यवसायीहरु बताउँछन् । होटल तथा रेष्टुुेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष समुुन्द्र जिसीले चार महिनादेखि होटल तथा पर्यटन क्षेत्र ठप्प हुुँदा व्यवसायी उठ्नै नसक्ने गरी थला परेको बताए ।
‘राज्यले हामीलाई रेड जोनमै राख्यो । यो अवधिसम्म हाम्रो दुुई अर्ब भन्दा बढीको नोक्सानी भएको छ । राज्यले भनेको हामीले लामो समयसम्म मानेर बस्यौं । हामीले अब राहतको प्याकेज चाहिन्छ । विस्तारै होटल पनि खोल्न दिनुुपर्छ ।’ रुपन्देहीमा साना ठूला गरी चार हजार ५ सय होटल तथा रेष्टुरेन्टहरु छन् ।
व्यवसायीले विदेशबाट आउनेहरुलाई सशुल्क राख्नेगरी होटललाई क्वारेन्टिन बनाउन आफूहरु तयार रहेको बताएका छन् । ती मध्ये १० वटा होटल स्टारदेखि फाइभस्टारसम्मका छन् । बुुटवल, भैरहवा र लुम्बिनी क्षेत्रमा पर्यटन लक्षित गरी धमाधम स्टार होटल खुुल्ने क्रम पनि बढ्दै गएको थियो । ्
सिद्धार्थ होटल एशोसिएसनका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले सार्वजनिक गाडी र हवाईजहाज सञ्चालन नहुुँदासम्म होटल व्यवसाय सञ्चालन हुुने अवस्था नै नरहेको बताए । उनी भन्छन्,–‘राज्यले बजेटमा उद्योगको र पर्यटन क्षेत्रमा विद्युत डिमाण्ड चार्जमा छुुट दिने बतायो तर, बिजुलीमा बिल तिर्न जाँदा छुुट दिएनन् ।’
बैंक ब्याजमा छुुट पनि दिएको छैन । बैंकले पनि ताकेता गरेको छ । कहाँबाट बैकलाई ब्याज र किस्ता तिर्ने ? लकडाउन अवधिको ब्याज र किस्ता बुुझाउनुुपर्ने समयावधि पछाडि सारिदिनुुपर्छ ।’ प्रदेश ५ को अस्थायी रुपन्देही तोकिनुु र अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा निर्माणको अन्तिम चरणमा पुग्नुजस्ता कारणले रुपन्देहीमा होटल व्यवसायमा फस्टाउँदै गएको थियो ।
गएको पुुसमा चीनको बुहानबाट सुुरु भएको कोरोना भाइरसको महामारी नेपालसँगै विश्वभर फैलिँदा अहिले पर्यटन क्षेत्र ठप्प छ । जसले गर्दा ठूलो लगानी गरी सञ्चालनमा आएका होटलहरुको लगानी नैं जोखिममा पर्ने त होइन भन्ने चिन्ता व्यक्त हुुन थालेको छ ।
लुम्बिनी होटल संघ नेपालका अध्यक्ष मिथुनमान श्रेष्ठले लामो लकडाउनसँगै सबै क्षेत्रको ताकेताले व्यवसायीहरु होटल नै छाडेर हिड्न थालेको बताए ।
‘लुुम्बिनीमा १ सय भन्दा बढी होटल छन् । तीमध्ये ४५ प्रतिशत भाडामा घर लिएर सञ्चालित छन् । दुुई जना व्यवसायीले त घरधनीले तारन्तार भाडा माग्ने, बैंकले किस्ता र ब्याजका लागि ताकेता गरेपछि होटल नै छाडेर हिडनुुभयो’–उनले थपे,–‘यही अवस्था अझै दुुई महिना लम्बिएर जाने हो भने हामी पनि हात उठाउनुुपर्ने अवस्थामा पुुग्छौ । होटल व्यवसाय क्षेत्र पूर्ण रुपमा ध्वस्त हुुन्छ ।’ लुम्बिनी क्षेत्रमा मात्रै पर्यटन क्षेत्रले १ अर्बभन्दा बढी गुुमाएको छ ।