दाङ-प्रदेश ५ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पाैडेलले काेराेना भाइरसका कारण कृषि क्षेत्रमा नयाँ अवसर सिर्जना गरेकाे र कृषिबाटै राेजगारी सुनिश्चित गरिने बताएकी छिन।
सार्वजनिक लेखा समितिले बाँकेकाे खजुरामा आयाेजना गरेकाे कृषि विशेष छलफल कार्यक्रममा मन्त्री पाैडेलले बिदेशबाट फर्किएका युवालाई राेजगारी प्रदान गर्नेगरी कृषि क्षेत्रमा याेजना तयार पारिएको बताइन् ।`कृषिलाई प्राथमिकता राखेर याेजना बनाएका छाै´उनले भनिन्-`कृषिबाटै राेजगारीका अवसर सिर्जना गर्न सकिन्छ।´
कृषि क्षेत्रमा सञ्चालन गरिने तालिमलाई प्रयाेगात्मक बनाइने प्रतिवद्दता व्यक्त उनले व्यक्त गरिन्। तालिम शिर्षकमा धेरै बजेट खर्च हुने गरेपनि तालिमकाे सदुपयोग कमै हुने गरेकाे प्रश्न सार्वजनिक लेखा समितिले गरेकाे राखेकाे छलफलमा उठेकाे थियाे ।
जवाफमा मन्त्री पाैडेलले किसानलाई ८० प्रतिशत प्रयाेगात्मक र २० प्रतिशत सैद्धान्तिक बिषय राखेर तालिम दिइने बताइन्। कृषि क्षेत्रमा बीउ बिजनकाे परनिर्भरता हटाउनेगरी स्थानीय बीउ बिजन र त्यसकाे भण्डारण सिपकाे अध्ययन गर्ने, परिक्षणकाे दायरा फराकिलो बनाउन सार्वजनिक लेखा समितिका सभापति डिल्ली चाैधरीले निर्देशन दिए।
'पहिला हाम्रो गाउँठाउँबाट स्थानीय बिउहरु बिदेश जान्थ्यो। तर, अहिले सबै भारतबाट आएकाे बिउमा परनिर्भर हुनुपर्ने बाध्यता किन आयाे प्रश्न गर्दै सभापति चाैधरीले भने-`स्थानीय बिउकाे उपयाेग गर्ने क्षमता कसरी बढाउन सकिन्छ। यसबारेमा अध्ययन गरेर किसान माझ उपायकाे बारेमा जानकारी गराउन पर्याे।´
सार्वजनिक लेखा समितिले सरकारले कृषि क्षेत्रबाट राेजगारी सुनिश्चित गर्ने उदेश्य राखेकाे र त्याे उदेश्य पूरा गर्ने दिशामा कृषि कार्यालयकाे याेजना के कस्तो छ ? चालू आर्थिक बर्षमा कति रकम खर्च भयाे ? कति हुन सकेन भन्ने बारेमा जानकारी लिएको हाे।
शनिबारकाे छलफलमा मन्त्री पाैडेल सहित प्रदेश मातहतका १० वटा कृषि, पशुपंक्षी, सहकारीसँग जाेडिएका कार्यालयका प्रमुखहरुकाे सहभागिता रहेकाे थियाे। छलफलमा सार्वजनिक लेखा समितिका सदस्य रेवतीरमण शर्माले कृषि क्षेत्रमा युवा पुस्तालाई आकर्षित गर्नेगरी कार्यक्रमहरु अघि सार्न सुझाव दिए ।`काेभडि-१९ का कारण धेरैले राेजगारी गुमाउनु परेकाे छ । बेरोजगार जनशक्तिलाई राेजगारी दिन युवा पुस्तालाई कृषिमा आकर्षित गर्नै पर्छ´शर्माले भने-`किसानले गर्ने पेशालाइ सम्मानित पेशाकाे दर्जा जहिले सम्म दिदैनाै । तब सम्म युवा पुस्तालाई आकर्षण गर्न सक्दैनौं । त्यहीँ भएर युवाकाे भावना बुझेर कार्यक्रम बनाउन जरुरी छ ।´
शनिबार भएको छलफलमा सार्वजनिक लेखा समितिका सभापति डिल्ली चाैधरी, सदस्य रेवतीरमण शर्मा, कुलप्रसाद पाेख्रेल, तिलकराम शर्मा, प्रदेश सभा सदस्य शंकर गिरी, भुवनेश्वर चाैधरी लगायत कृषि संग जाेडिएका कार्यालयका प्रमुखहरुले छलफलमा भाग लिएका थिए।