बुटवल–केही व्यक्ति रोजगारीका लागि परदेश जान्छन्। थोरै धेरै पैसा कमाएर घर फर्किन्छन्। त्यहाँ गरेको सीपलाई प्रयोगमा ल्याउदैनन्। केही भने विदेशमा पसिना बगाएर आर्जन गरेको सीपलाई नेपाल फर्किएर उपयोग गर्ने पनि छन्। त्यसै मध्येका हुने रुपन्देहीकाको भैरहवाका आशा गुरूङ।
उनले विदेशमा आफूले गरेर सिकेको सीपलाई नेपालमा प्रयोग गरेर नमूना कामको अभ्यास गरेको हुन्। कृषि विज्ञले समेत तराईको गर्मीमा स्याउ फल्दैन भने पनि उनले तराईमा स्याउ फलाएर देखाएका छन्। त्यो पनि व्यवसायिक रुपमा। गुरूङले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–११ भुजौली भन्ने ठाउँमा जर्मनमा आफूले सिकेको सिप प्रयोग गरी तराईको गर्मीमा राता स्याउ फलाएका हुन्।
जर्मनमा सिकेको सीपबाट अष्ट्रेलियन नानो जातका बिरुवा लगाएरका छन्। आशाको तीन पुुस्ता बेलायतमै बस्छन्। हजुुरबाबा, बाबा पनि बेलायत आर्मीमा भर्ती भएका थिए। उनी पनि भर्ती हुुने आशामा थिए। तर, सामान्य दाँतमा देखिएको कमजोरीले उनी भर्ती हुुनबाट बञ्चित भए। त्यसपछि उनको बाटो मोडियो। गुुरुङ २०४९ मा रोजगारको सिलसिलामा जर्मनी गए।
त्यहाँ उनले कृषि फर्ममा काम गर्ने अवसर जुट्यो। ४९ वर्षिया आशाले त्यहाँ तीन वर्ष स्याउ फर्ममा काम गरे। ३६ महिना स्याउको क्षेत्रमा का गर्दाको ठूलो लगाव बस्यो। त्यसछि नेपालमै कृषि क्षेत्रमै काम गर्ने सोचका साथ नेपाल फर्किए। तर, वातावरण सहज भएन। उनले आफ्नो रेष्टुुरेन्ट सञ्चालन गरे। त्यो पाँच वर्ष चल्यो। त्यसपछि उनले झण्डै सात वर्ष नर्सरी व्यवसाय थाले। त्यसपछि उनीले रियल स्टेटतिर हात हाले।
गुुरुङ भन्छन्, ‘ढिलै भए पनि जर्मनी बस्दा देखेको सपना अहिले पूरा गर्दैछुु। भारतको कोलकत्ताबाट विरुवा ल्याएर स्याउ लगाएको हुुँ।’ दुुई वर्ष अगाडि उनले प्रतिगोटा १ हजार ७ सय रुपैयाँका दरले बिरुवा खरिद गरेर लगाए। कृषि प्राविधिकले तराईका स्याउ फल्दैन भनेर उनको हौशालालाई निरास बनाएपनि हुुन्न भनेको ठाउँमा पनि स्याउ फलाएपछि उनी हौसिएका छन्।
‘मेरो फर्मको अष्ट्रेलियन प्रजातिको नानो स्याउ हो। कलमी गरेर रोपेका कारण जोखिम मोलेरै स्याउ खेती सुरु गरेको हुुँ। तर आज फलेर प्रमाणित भएको छ। नानो स्याउ आशाले ५५० बिरुवा लगाएका छन्। त्यसमध्ये यस वर्षबाट फल लाग्न सुरु गरेको छ। पहिलो पटक नर्सरीमा ८ वटा स्याउँ फलेको उनले बताए। स्याउको स्वाद हाम्रो बजारमा आउने मुस्ताङ मार्फाको भन्दा कम छैन।’ अर्को वर्ष ५ हजार स्याउका बिरुवा बिक्री गर्ने उनको योजना छ।
आशाले गरेको स्याउ खेती सम्भवत तराईको गर्मीमा पहिलो हो। उनी भन्छन्, ‘मैले धेरै ठाउँमा सोधखोज गरे। तराईका क्षेत्रमा मैले जस्तो गरी व्यवसायिक स्याउ खेती गरेको पाएको छैन। भारतका केही ठाउँमा भने गर्मी ठाउँमा पनि स्याउ खेती थालिएको छ।’
गुुरुङको फर्ममा पाँच करोड रुपैयाँ लगानी पुु¥याउने योजना छ। अहिलेसम्म तीन करोड रुपैयाँभन्दा बढी लगानी भएको छ। उनले स्याउसँगै तरकारी खेती पनि गरेका छन्।
फार्ममा एप्पल बयर, वाटर, एबोकार्डो, सलिफा, सिडलेस लिची, थाई कागती, नासपाती, अमला, पहाडी उखु, गोल्डेन लेमन, ब्लुबेरी, मलबेरी, नागपुरे सुन्तला, बाह्रै महिना फल्ने बङ्गलादेशी जातको कटहर, अनारलगायत २८ जातका फलफूलका पाँच हजार बिरुवा रहेका छन्। आशा भन्छन्, ‘मेरो फर्मबाट अर्गानिक तरकारी उत्पादन हुुन्छ।
अर्गानिक तरकारी महंगो भनेर ग्राहकहरुले कम खरिद गरेका छन्। फलफुलका बिरुवाबाट अब आउने वर्ष मात्र फल दिने भएकाले आउने वर्षबाट भने कारोबारमा वृद्धि हुनेछ।’