बुटवल । बुटवलमा आयोजना गर्न लागिएको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ लाई प्रविधि र दर्शकमैत्री बनाउने प्रतिबद्धता जनाइएको छ ।
रुपन्देही उद्योग संघले स्थापना गरेको औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत पत्रकार एवं आयोजकवीच प्रदर्शनी आयोजना स्थल बुटवल मण्डपमा भएको छलफलमा यस्तो प्रतिबद्धता जनाइएको हो ।
छलफलमा प्रदर्शनीलाई व्यवस्थित रुपमा आयोजना गर्न समावेश गर्नु पर्ने विषय वस्तु, सुधार गर्नुपर्ने कार्यक्रम तथा योजनाहरुका बारेमा सुझाव दिइएको थियो ।
कार्यक्रममा तयारीका बारेमा जानकारी गराउदै प्रदर्शनी मुल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले संकटमा परेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन प्रदर्शनीको भूमिका महत्वपूर्ण विश्वास व्यक्त गर्दै अहिलेको विषम् परिस्थितिमा प्रदर्शनीको भूमिका अझै बढेको बताउनु भयो ।
पौडेलले राजधानी बाहिर प्रदर्शनीको सफल आयोजना गर्दै आएको स्मरण गर्दै यस पटकको आयोजनालाई अझ पृथक ढंगले गर्न लागिएको हँुदा सबैको सल्लाह र सुझाव ग्रहण गरी अगाडी बढ्ने प्रतिवद्धता जनाउनु भएको थियो । ‘आर्थिक रुपमा निजी क्षेत्र धरासायी बनेको छ, तर पनि संघले प्रदर्शनी आयोजना गर्ने जमर्को गरेको छ, यो हाम्रो आर्थिक गतिविधि चलायमान गराउने कोसिस हो’, अध्यक्ष पौडेलले भन्नुभयो, ‘यसबाट स्वदेशी उत्पादनलाई उपभोक्ताका माझमा पु¥याउने र वजार विस्तार गर्ने हाम्रो विश्वास छ ।’ उहाँले प्रदर्शनीको आयोजक रुपन्देही उद्योग संघ भए पनि प्रदर्शनीले दिने कुरा र आयोजना सबैको साझा भएकाले यसको अपनत्व सबै क्षेत्रले लिनुपर्ने बताउनु भयो ।
प्रदर्शनीको आयोजनाले एउटा संस्थालाई फाइदा दिने होइन्, समग्र आर्थिक क्षेत्रलाई गतिशील बनाउन सहयोग पुर्याउने भन्दै अध्यक्ष पौडेलले सबैले आफ्नो सम्झिएर सहयोग गर्न आग्रह गर्नु भयो ।
अध्यक्ष पौडेलले यस पटकको प्रदर्शनीलाई प्रविधि मैत्रीका साथै दर्शक मैत्री बनाउन नयाँ अनुभूति र सन्देश दिने गरी कार्यक्रमहरु अगाडी बढाएको जनाउँदै विभिन्न क्षेत्रहरुबाट आएका राम्रा र कार्यान्वयन गर्न सकिने कुराहरुलाई सकेसम्म कार्यान्वयन गरेर जाने प्रतिवद्धता जनाउनु भएको थियो । उहाँले प्रदर्शनी सफल बनाउन सञ्चार क्षेत्र र सञ्चारकर्मीहरुको महत्वपूर्ण भुमिका रहने हँुदा कामका दौरानमा हुने कमीकमजोरीलाई सकारात्मक रुपमा औल्याइदिएर आयोजना सफल बनाउन सहयोगीको भुमिका निर्वाहा गरिदिन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा पत्रकारहरु दिनेश पाण्डे, यमलाल भुसाल, अमृता अनमोल, भगवती पाण्डे, हरिश ढकाल, विष्णु प्रसाद घिमिरे, नरेश केसी, मिना ढकाल, दामोदर खनाल, लक्ष्मण पौडेल, कृष्ण खनाल लगायतले प्रदर्शनीलाई विगतको भन्दा भिन्न र आलोचना रहित बनाउन आग्रह गर्नु भएको थियो ।
बुटवल मण्डपमा निमार्ण भैरहेको आधुनिक अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पुष ७ गतेदेखि १९ गतेसम्म संचालन हुने उक्त प्रदर्शनीमा विभिन्न उत्पादनका गरी ३ सय ५० स्टलहरु रहने आयोजकले जनाएका छन् ।