बुटवल । ‘संमृद्ध नेपालनिर्माणको आधार, स्वदेशीउद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशीउत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ आउँदो पुस ७ गतेदेखि बुटवलमा सञ्चालन हुने १५औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नु हुने भएको छ ।
रूपन्देही उद्योग संघको आयोजनामा बुटवल मण्डपमा निमार्णाधिन अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा हुन लागेको प्रदर्शनीको उद्घाटन गर्न राष्ट्रपति भण्डारी बुटवल आउने निश्चित भएको संघका अध्यक्षमाधव प्रसाद पौडेलले बताउनुभयो ।
आधुनिक प्रदर्शनी हलमा आयोजना गर्न लागिएको प्रदर्शनी अघिल्ला बर्षहरुमा भन्दा पृथक बनाउने सोंचका साथ काम भैरहेको छ ।
संघका अनुसार प्रदर्शनी स्थलमा निमार्ण कार्य तिब्र गतिमा भैरहेको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक समेत रहनु भएका पौडेलले प्रदर्शनीको निमार्ण कार्यलाई अन्तिम रुप दिने गरि विभिन्न उपमसमिति गठन गरी काम अगाडी बढाएको र आन्तरिक योजनाहरु बनेको बताउनु भयो ।
प्रमुखअतिथिका रुपमा राष्ट्रपति आउने भएपछि आयोजना स्थलको सुरक्षा व्यवस्था तथा अन्य व्यवस्थापनको कामलाई विषेश ध्यान दिदै सुरक्षा निकाय एंव स्थानीय प्रशासनसंगको समन्वयलाई प्राथमिकतामा राखिएको पौडेलले जानकारी दिनुभयो ।
प्रदर्शनीमा आउने स्वदेशी उत्पादनलाई राख्ने स्टल यस पटक आधुनिक खालको बन्ने र त्यसको काम शुक्रवारबाट सुरु हुने, सचिवालय तथा गेट निर्माण तथा मञ्चको काम अगाडी बढेको प्रदर्शनी मुलआयोजक समितिका सदस्य सचिव हरिबहादुर खत्रीले बताउनु भयो ।
खत्रीले स्टल दर्ताको काम अन्तिम चरणमा पुगेको बताउँदै यस पटक विभिन्न प्रकृतिका १० वटा प्याभिलियनमा करिव ४ सय स्टल रहने जानकारी दिनुभयो ।
बुटवल–१० बुटवल मण्डपमा प्रदर्शनी सञ्चालनहुने प्रदर्शनी सुरु हुनु भन्दा अगाडि सम्पन्नगर्नु पर्ने कामकालागि गठन गरिएका उपसमितिहरुको दैनिकजस्तै बैठकहरु बस्ने र कामको समिक्षा गर्ने गरिएको प्रदर्शनी प्रवन्धक यादवप्रसाद भण्डारीले बताउनु भयो ।
मूल समितिका सहसंयोजक एवं स्टल दर्ता उपसमितिका संयोजक दिलिप सापकोटाले प्रदर्शनीमा प्रविधिलाई विशेष प्राथामिकता दिदै प्रदर्शनी स्थलमै ठूला उद्योगका उत्पादनको प्रत्यक्ष अवलोकन गर्ने अवसर दिने गरी छुट्टै स्टल क्षेत्र निमार्ण भएको जानकारी दिनुभयो ।
प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, फलोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका स्टल रहने छन् । प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकलन गर्ने र ३० करोडको आर्थिक कारोवार हुने अनुमान गरिएको छ ।
प्रदर्शनी अवधिमा सूचना केन्द्रको स्थापना र प्रशारण, औद्योगिकगोष्ठी, कार्यशाला र अन्तरक्रियाको आयोजना, राष्ट्रिय कलाकारहरुको प्रस्तुती, जाति जनजातीहरुको झाँकि, साँस्कृतिक कार्यक्रमको आयोजना, विभिन्न प्रतियोगिताहरु समेत गरिने छ ।
प्रदर्शनीको पुर्व सन्ध्यामा पुष ६ गते औद्योगिक जनचेतना ¥याली निकालिने ¥याली व्यवस्थापन उपमितिका संयोजक चन्द्रकान्त खनालले बताउनुभयो ।
प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु हुने ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनःप्रदर्शनी स्थलमा आएर समापन हुने छ । ¥यालीमा जातजाती, भेषभुषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग प्रतिष्ठान, संघसंस्थाहरुको सहभागिता रहने जनाइएको छ ।