बुटवल । १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को अवसरमा रूपन्देही उद्योग संघले पुस १२ गते प्रदर्शनी स्थलमा रुपन्देहीमा कृषिजन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौती विषयक गोष्ठीको आयोजना गर्दैछ ।
स्वदेशी उत्पादनको पहिचान र व्यवसायिक प्रवद्र्धनका लागि आयोजित प्रदर्शनीमा कृषि जन्य उद्योगको सम्भावनाको खोजी गर्ने लक्ष्य सहित गोष्ठी आयोजना गरिएको हो ।
गोष्ठीमा कृषिजन्य उद्योग व्यवसायको अवसर, सम्भावना र चुनौतीको अवस्थाका बारेमा दुई चरणमा गरी कृषि र भेटका विषयमा विषय विज्ञहरुको प्रस्तुती रहने गोष्ठी तथा सेमीनार उपसमितिका संयोजक राजु घिमिरेले जानकारी दिनु भयो ।
घिमिरेका अनुसार पहिलो चरणमा कृषि क्षेत्रका अवसर, सम्भावना र चुनौतीका विषयमा लुम्बिनी प्रदेश कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि प्रसार अधिकृत शिव अर्याल, बाली सुरक्षा अधिकृत घनश्याम चौधरी, वरिष्ठ कृषि अर्थविज्ञ हरि पण्डीत र वरिष्ठ वागवानीविकास अधिकृत सन्देश धितालको छुट्टाछुटै प्रस्तुती रहने छ भने दोस्रो चरणमा वरिष्ठ पशु विकास अधिकृत परवेज आलम, वरिष्ठ मत्स्य विकास अधिकृत दिपक भुसाल, पशु चिकित्सक डा. उत्तम आचार्य र पशु विकास अधिकृत हुमाकान्त पाण्डेको प्रस्तुति रहने छ ।
प्रस्तुत विषमा रुपन्देही उद्योग संघका आर्थिक सल्लाहकार तथा राममणी बहुमुखी क्याम्पसका सहप्रध्यापक डा.खगराज शर्मा र पशु चिकित्सक डा.गान्धीराज उपाध्यायले टिप्पणी गर्ने कार्यक्रम रहेको छ । वक्ताहरुले रूपन्देहीमा कृषि र पशुका क्षेत्रमा भएको लगानी, लगानी मैत्री वातावरण, पूर्वाधार र चुनौतिका विषयमा तथ्य गत जानकारी गराउनु हुने जनाइएको छ । कार्यक्रममा प्रदर्शनीमा सहभागी कृषि क्षेत्रका स्टलधनी, उद्यमी र कृषकहरुको उपस्थिति रहने छ ।
रुपन्देही उद्योग संघको आयोजनामा बुटवलमा पुस ७ गतेदेखि जारी १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मा सोमवार पनी दर्शकहरुको सहभागिता र कारोवार उल्लेखनीय भएको प्रदर्शनी प्रबन्धक यादव भण्डारीले जानकारी दिनुभयो ।
प्रदर्शनीमा मनोरञ्जन
प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु जारी छ । सोमवार स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती, दोहोरी गितप्रतियोगिता, तथा प्रदर्शनी आइडल कार्यक्रमका सहभागीहरुको छनौट प्रस्तुती एवं छनौट प्रक्रिया भएको छ ।
जसमा दोहोरी गित प्रतियोगिता अन्तरगत सोमवार दरबार रोधी क्लव काठमाडौं र गोधुली रोधी बुटवलवीच प्रतिष्पर्धा भएको छ । राष्ट्रिय तथा स्थानियक लाकारहरुको प्रस्तुती कार्यक्रममा गायक÷गायिका रितु कंडेल, शिलु भट्टराई, बैकुण्ठ महत, सुनिता बुढा, डान्सर आरती ज्ञवालीको प्रस्तुति रहेको थियो ।
सांस्कृतिक कार्यक्रम अन्तरगत मंगलवार प्रदर्शनी आइडलमा टप आठको प्रस्तुती रहने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती कार्यक्रममा चर्चित आधुनिक गायक रुपक डोटेल, लोक गायक नविन पौडेल, गायिका समिता घिमिरे, गायीका कल्पना कुशुम र गायक कमल भट्टराईको प्रस्तुती रहने छ ।
दोहोरी गित प्रतियोगिता अन्तरगत मंगलवार खस्र्यौली दोहोरी क्लब प्रालि, बुटवल र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान लुम्बिनी प्रदेशकावीच प्रतिष्पर्धा हुने भएको छ । त्यसैगरी अन्तर विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको पनि आयोजना हुने जनाइएको छ ।