बुटवल । बैंक तथा बित्तिय संस्थाको चर्को ब्याजदरविरुद्ध यहाँका उद्योगी व्यवसायी आन्दोलित भएका छन् । सिद्धार्थ उद्योग बाणिज्य संघ र उद्योग ब्यापार संगठन रुपन्देहीले संयुक्त रुपमा आन्दोलन सुरु गरेका हुन् ।
आन्दोलन अन्तर्गत व्यवसायीहरुले आज शान्तीपूर्ण र्यालीसहित भैरहवा स्थित राष्ट्र बैंक अगाडी धर्ना दिएका छन् ।
व्यवसायीहरुले बैंकको ज्यादतीका कारण कुनै ब्यवसायीले आत्महत्या गर्नुपरे भूत बनेर बैंकर्सहरुलाई तर्साउने चेतावनी दिएका छन् ।
सिद्धार्थ उद्योग बाणिज्य संघका महासचिव बिजय पाण्डेले बैंकको यातना बढ्दै गएको आरोप लगाउदै ब्यवसायीहरु आत्महत्या गर्ने मनस्थितिमा पुगेको गुनासो गर्नुभयो ।
बैंकका कर्मचारी ब्याज र सावा भन्दै घरमै आउने गरेको बताउँदै ब्यवासायीहरु अवस्था यस्तै रहे प्रतिकारमा उत्रिने चेतावनी समेत दिएका छन् ।