बुटवल । यहि फागुनको २ गतेदेखि बुटवलमा सञ्चालन गरिएको कृषि मेला आज समापन भएको छ ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनीप्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँच दिने कृषि मेलामा २५ हजार उपभोक्ताले अवलोकन गरेको र मेलाभित्र रु २० लाखको कारोवार भएको संघका अध्यक्ष तथा मेलाका संयोजक उज्ज्वलप्रसाद कसजूले जानकारी दिनुभयोे ।
मेलाको समापन गर्दै लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्माले किसानका समस्या समाधान गर्ने बताउनुभयो । कृषिको विकास विनामुलुकको आर्थिक विकास सम्भवनभएको बताउँदै उहाँले किसानका समस्या समाधान गरेर मुलुकको अर्थतन्त्रलाई थपगतिशिलबनाउने गरी कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले मुलुकको आर्थिक विकासको लागि कृषिको विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले कृषिको व्यवसायिक विकासका लागि नगरपालिकाको तर्फबाट हुनसक्ने कामका लागि सुझाव दिन आग्रह गर्नुभयो ।
कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि संघले २०६२ सालदेखि नियमित रुपमा कृषि मेला सञ्चालन गर्दै आएको छ ।
‘बजारमुखी कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुलनाराका साथ आयोजना गरिएको कृषि मेलामा ‘प्रथमपोर्क फेष्टिवल’ समेत आयोजना गरिएको गरिएको थियो ।
पाँच दिनसम्म सञ्चालनगरिएको मेलामाप्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषिउत्पादनको प्रदर्शनी, कृषि सेवा सम्बन्धी जानकारीमुलक र पोर्क पेष्टिवलका समेत गरी ५० स्टल समावेश गरिएको संघका महासचिव बिमलराज भट्टराईले बताउनुभयो ।
कृषिका अत्याधुनिक प्रविधितर्फ धान रोप्ने मेसिन, बालि काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपासिचाई प्रविधि, हाईड्रोपोनिक्स, मौरी पालन, जैविक मल लगायतको प्रदर्शनी गरिएको थियो । त्यस्तै कृषि सम्बन्धी अन्तरक्रिया तथा छलफल र दुग्ध पान प्रतियोगिता तथा कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको थियो ।
बुटवलको बालमन्दिर परिसरमा सञ्चालन गरिएको एघारौं संस्करणको कृषि मेलामा गुप्ता नर्सरी सर्वोत्कृष्ट भएको छ । स्टलतर्फ तिलोत्तमा ४ रुपन्देहीको गुप्ता नर्सरी सर्बोत्कृष्ट भएको छ भने मनमित श्री ट्रेडिङ भैरहवाप्रथम, जैविक कफि तथा मसला प्रशोधनउद्योग ठूला पोखरा अर्घाखाँचीद्वितीय, जलदेवीमत्स्यउत्पादन सहकारी सियारी रुपन्देही तृतीय, बुटवल कृषि प्रशोधनउद्योग बुटवल सान्त्वना र चाईनिज बार्बीक्यू रेष्टुरेन्ट बुटवलले प्रोत्साहन पुरस्कार प्राप्त गरेका छन् ।
त्यस्तै प्रविधितर्फ नेचुरल दुना टपरी बुटवल प्रथम, भैरव च्याउ उद्योग पाल्पा द्वितीय, लुम्बिनी च्याउ भण्डार रुपन्देही तृतीय र संघर्ष कृषि तथा पशुपंक्षी फार्म देवदह सान्त्वना भए ।
त्यस्तै बालितर्फ उपेन्द्र बहादुर शाही बाणगंगा कपिलबस्तु प्रथम, प्रेमबहादुर पाण्डे बाणगंगा कपिलबस्तु द्वितीय, रोषनबहादुर थापा सिद्धार्थनगर रुपन्देही तृतीय र पाण्डे ब्रदर्श एग्रो फार्म देवदह रुपन्देही सान्त्वनाभएको मुल्यांकन तथा पुनरावलोकन समितिका संयोजक संघका निवर्तमान अध्यक्ष् खिमबहादुर हमालले बताउनुभयो ।