काठमाडौं । बैंकहरुको खराब वित्तीय विवरणले सेयर बजारमा निराशा बढाएको छ । यसका कारण सेयर बजार परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से १८।८० अंकले घटेर १८८५।६० अंकमा बन्द भएको छ ।
चैत अन्तिममा बैंकहरुले निक्षेपको ब्याजर घटाउन निर्णय गरेका थिए । यही बेला नेपाल राष्ट्र बैंकले मौद्रिक नीति खुकुलो बनाउँदै लैजाने संकेत गरेपनि त्यसले सेयर लगानीकर्तामा भने उत्साह बढाउन सकेन ।आइतबार होटल तथा पर्यटन उपसूचक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से परिसूचक पनि ०।९९ प्रतिशतले घिटेको छ । होटल तथा पर्यटन उपसूचक ०।३१ प्रतिशतले वृद्धि भएको छ ।
यता वित्त कम्पनी उपसूचक २।०१ प्रतिशत र व्यापार उपसूचक १।४७ प्रतिशतले गिरावट हुँदा बैंकिङ उपसूचक पनि १।३४ प्रतिशतले गिरावट भएको हो ।
बजार परिसूचकमा गिरावट हुँदा कारोबार रकम पनि घट्दै गएको छ । आइतबार नेप्सेमा ३१ हजार ४१५ वटा कारोबारमा २७ लाख ३४ हजार ३०७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा ८२ करोड ८५ लाखको कारोबार भएको छ ।
जसमध्ये मोलुङ हाइड्रोपावरको करिब ३ करोड १२ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको २ करोड ८९ लाख र एनआईसी एशिया बैंकको करिब २ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार नेप्सेमा कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा १८८ कम्पनीको सेयर मूल्यमा गिरावट भयो । २९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।
आइतबार कारोबार भएकामध्ये आर्दश लघुवित्त र कालिञ्चोक दर्शनको सेयर मूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ६।९४ प्रतिशतले वृद्धि भएको छ ।
यता गुडविल फाइनान्सको सेयरमूल्य ५।७८ प्रतिशतले गिरावट हुँदा गणपति लघुवित्तको सेयरमूल्य ५।६४ प्रतिशत र धौलागिरी लघुवित्तको सेयर मूल्य ४।७० प्रतिशतले घटेर बन्द भएको छ ।