काठमाडौं । नेपाल राष्ट्र बैंकले आज मैद्रिक नीति सार्वजनिक गर्दैछ । सरकाले जेठ १५ मा वित्त नीति (बजेट) सार्वजनिक गरेसँगै मौद्रिक नीतिमा केन्द्रित रहेको राष्ट्र बैंकले आज मौद्रिक नीति सर्वजनिक गर्न लागेको हो ।
राष्ट्र बैंकका सूचना अधिकारी नारायणप्रसाद पोखरेलका अनुसार मौद्रिक नीति पारित गर्नका लागि अहिले सञ्चालन समितिको बैठक बसिरहेको छ । बिहान ८ बजेदेखि बसेको बैठक अहिले पनि जारी रहेको उहाँले बताउनुभयो । बैठक समापन भएर सबैले हस्ताक्षर गरे पनि राष्ट्र बैंकको वेभसाइटमार्फत सार्वजनिक गर्ने उहाँले बताउनुभयो ।