भैरहवा । रुपन्देही उद्योग संघ र इन्स्योर परियोजनाको आर्थिक सहयोगमा भैरहवा क्षेत्रका होटल व्यावसायमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि आज वारिष्टा तालिमको शुभारम्भ गरिएको छ ।
होटल व्यावसायी संघ रुपन्देहीको समन्वय र डायनामिक टेक्नीकल एजुकेसन एण्ड भोकेसनल ट्रेडिङ प्रा.ली.को संचालनमा १६ दिने तालिम उद्घाटन कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष माधबप्रसाद पौडेलले वारिष्टा तालिमका प्रशिक्षार्थीहरुलाई सिकाइ स्तर प्रभावकारी वनाउन र अधिकतम सिप अभिवद्धि गरी व्यवहारमा उतार्न सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो ।
होटल व्यावसायी महासंघका केन्द्रिय सदस्य तथा सिद्धार्थ होटल व्यवसायी संघका अध्यक्ष चन्द्र प्रकास श्रेष्ठले तालिमले सिपयूक्त प्राविधिक सीप विकास गरी स्वरोजगार बनाउने कार्यमा टेवा पुग्ने बताउनुभयो ।
तालिमको समुद्घाटन कार्यक्रममा इन्स्योर परियोजनाका टिभेट लुम्विनी प्रदेश संयोजक चक्रपाणि तिमिल्सीनाले तालिमको सिकाई स्तर प्रभावकारी हुनुपन बताउनुभयो ।
तालिमवाट विभिन्न होटल व्यावसायमा कार्यरत २० जना लाभान्वित हुने रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी दिनुभयो ।