बुटवल । लुम्बिनी प्रदेश सरकारले सोमबार आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सोमबार बसेको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी पर्यटन प्रवर्द्धनलाई जोड दिदै नीति तथा कार्यक्रम ल्याइएको छ। अधिंकाश पूराना कार्यक्रम र नारालाई लुम्बिनी प्रदेशले निरन्तरता दिएको छ। समृद्ध लुम्बिनी आत्मनिर्भर प्रदेश भन्ने नाराका साथ लुम्बिनी प्रदेशलाई समृद्ध बनाउने संकल्प नीति तथा कार्यक्रम मार्फत गरिएको छ।
व्यवासायिक कृषि लुम्बिनी प्रदेशको समृद्धि भन्ने नारासहित कृषिबाट प्रदेशलाई आत्मनिर्भर बनाउने नीति लिइएको छ। किसानको हात प्रदेशको साथ, स्वस्थ जीवनको आधार माटोमा सुधार, किसानदेखि बजारसम्मको अवधारणा अघि सार्दै कृषिमा मानिसहरूको आर्कषण गराउने उल्लेख छ। नीति तथा कार्यक्रममा सहकारीमा देखिएका समस्या न्यूनिकरण गरी सर्वसाधरणको बचन सुरक्षित गर्ने उल्लेख गरिएको छ।
लुम्बिनी सरकारले सन् २०३० सम्म प्रदेशलाई बालविवाह मुक्त बनाउने घोषणा गरेको छ। त्यसका लागि स्थानीय तहसँगको सहकार्यमा १० वर्षे रणनीति कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ।बालविवाह, बालश्रम, बालबालिकाविरुद्धको हिंसा, बालयौन दुर्व्यवहार, बालबालिका बेचबिखन तथा गैरकानुनी ओसारपसार नियन्त्रण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने पनि प्रदेश सरकारको घोषणा छ।
यस्तै लुम्बिनीलाई केन्द्रमा राखेर लुम्बिनी क्षेत्र पर्यटन प्रवर्द्धन कार्यक्रम लागू गरिनेछ। कपिलबस्तुको तिलौराकोटदेखि लुम्बिनीसम्म मायादेवी पदमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ। यस्तै लुम्बिनी बौद्ध शिखर सम्मेलन आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। लुम्बिनीसँगै पाल्पा, अर्घाखाँची र रोल्पालाई हिलस्टेशनको रुपमा विकास गरिने उल्लेख छ।
तिनाउ करिडोर, तिलौराकोट, शिवपुर, पूर्वीरुकुम र स्वर्गद्वारीमा नयाँ शहर विकास गर्न विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ। अर्घाखाँची र गुल्मीलाई खोरेत रोगमुक्त जिल्ला घोषणा गरिने उल्लेख छ। गुल्मीलाई गुड र कफी, पाल्पालाई ढाका र करुवाको उत्पादन हब बनाइने उल्लेख छ।
यस्तै उज्यालो लुम्बिनी प्रदेश कार्यक्रम कार्यान्वयन गरिने, युवालाई अनुशासित बनाउन प्रदेश स्तरमा खेलकुद पूर्वाधारको विकास गर्दै ती खेलहरूलाई स्थानीयस्तरमा क्रमशः पुर्याउने, खेलाडीको क्षमता विकाससँगै प्रोत्साहनको कार्यक्रम अघि बढाउने उल्लेख छ। यस्तै प्रदेशको गौरवको आयोजनाका रुपमा रहेको रामपुर कपुरकोट सडक स्तरउन्नती गरिने जनाइएको छ।
नीति तथा कार्यक्रमका यस्ता छन् प्राथमिकता
प्रदेश निजामती ऐन कार्यान्वयन तथा स्थानीय सेवा ऐन पास गरी कार्यान्वयनमा प्राथमिकता
प्रदेश लोकसेवा आयोगलाई विशेष ध्यान दिई कर्मचारी व्यवस्थापन गरिने
प्रदेश राजधानी व्यवस्थापन, आधुनिक शहर बनाउने
आवधिक योजना र १० वर्षे रणनीतिक योजना अघि बढाइने
कृषि उपज आयात प्रतिस्थापनमा ध्यान दिइने
किसानको हात प्रदेशको साथ नारा र बाली विकास
जिल्लागत हिसाबले कृषिको प्रवर्द्धन
माटो व्यवस्थापन, वैकल्पिक जैविक स्रोत
रैथाने बालीमा जोड, कृषिमा आधारित साना उद्योगलाई
प्राथमिकता, कृषि उत्पादनको बजारीकरणका लागि किसानदेखि बजारीकरण योजना
करार खेती, भूमि बैङ्क कार्यान्वयन, बगर खेती प्रोत्साहन
कृषि उद्योग सङ्कलन केन्द्र र शीत भण्डार व्यवस्थापन
वधशाला र शीत भण्डारण स्थानीय सरकारबाट सञ्चालन गराइने
स्थानीय तहमा कुकुर बन्ध्याकरण सुरु गरिने
नयाँ पोखरी निर्माण र पुराना संरक्षण
गुल्मी र अर्घाखाँची खोरेँतमुक्त जिल्ला बनाइने
प्राङ्गारिक उत्पादनमा विशेष ध्यान
सुलभ कर्जामा विशेष ध्यान, कृषि बिमा बिस्तार
प्राकृतिक विपदमा परेका किसानलाई विशेष ध्यान
भूमिहीनलाई पुर्जाको लागि पहल
डिजिटल प्रविधिबाट जग्गा नाप जाँच
उद्योग व्यवसायमा लाग्ने जरिवाना छुट
रोल्पा रुकुम अल्लो, गुल्मीमा गुड, पाल्पा ढाका, बर्दियालाई
बेतवास, नवलपरासी उखु सघन क्षेत्र बनाइने
सहकारी नियमनलाई प्राथमिकता
सहकारी प्रवर्द्धन कोषलाई अधिकतम उपयोग
पर्यटकीय गन्तव्यको विकास, पर्यापर्यटन विकासका लागि पर्यटनसँग वन, रुकुम रोल्पामा साहसिक
जीतगढी नुवाकोट सुरुङ मार्ग लाई विशेष
पहाडी जिल्लामा हिल स्टेसन
लुम्बिनीलाई केन्द्रबिन्दु बनाएर नवलपरासी, रुपन्देही र कपिलवस्तुका विभिन्न क्षेत्र समेटिएर संघीय सरकारको समन्वयमा
तिलौराकोट लुम्बिनी मायादेवी मार्ग निर्माण
लुम्बिनी बौद्ध शिखर सम्मेलन आयोजना
बुद्ध पर्यटकीय पदमार्ग, धार्मिक पर्यटकीय पदमार्गका लागि अन्तर प्रदेश सञ्जाल
शालिग्राम महोत्सव तथा रुरु क्षेत्रको धार्मिक महोत्सव
ब्याक टु कल्चर ब्याक टु नेचर कार्यक्रम अगाडि बढाइने
प्रदेश गौरवको आयोजना रामपुर कपुरकोट बाटोलाई विशेष प्राथमिकता
श्रमिकमैत्री नीति कार्यान्वयन
बाँकेको राजा एयरपोर्टबाट बर्दिया वाने पर्यटन मार्ग
प्रदेश सरकारले बनाएका संरचनामा प्रादेशिक पहिचान राखिन
विद्युतीय प्रणाली लागू गरिने
भूमिगत सिँचाइ आयोजना सञ्चालन, लिफ्ट सिंचाई, वर्षातको पानी सङ्कलन
ग्रामीण विद्युतीकरण
खानेपानी गुणस्तर सुधार
बसाइसराइ रोक्न पहाडमा नमुना बस्ती विकास योजना
शहरी सौन्दर्यता ।
राजधानी संरचनालाई तत्काल पूर्णता दिन स्रोत सुनिश्चितता
लुम्बिनीको पहिचान झल्किने सम्पदाको निर्माणमा ध्यान दिइने
वैकल्पिक लगानी विधि खोजिने
संघीय सरकारको समन्वयमा वैदेशिक लगानी भित्राउन पहल
वनको स्रोत प्रयोग गर्न विभिन्न योजना अगाडि बढाइने
सरकारी भवन निर्माण गर्दा स्वदेशी काठ प्रयोगलाई अनिवार्य गरिने
एक वडा एक पोखरी निर्माण अघि बढाइने
जडीबुटी र टिमुर खेतीमा प्राथमिकता
वन्यजन्तुबाट बाली जोगाउन विशेष अभियान
स्वास्थ्य बिमा कार्यक्रम
विभिन्न आन्दोलनका घाइतेलाई सरकारी अस्पतालमा निःशुल्क
सबै सरकारी अस्पतालमा निःशुल्क रगत
भालुवाङका सर्प दंश उपचार केन्द्र
कोहलपुरमा अस्पताल निर्माण
प्रदेश प्रहरी ऐन अनुसार सुरक्षा रणनीति अपनाइने
अधुरा आयोजना पूरा गर्ने
खर्चको दोहोरो प्रणाली रोकिने
आयोजना बैंकको माध्यमबाट बजेट विनियोजन
टुक्रे आयोजना स्थानीय सरकारबाट गरिने
<iframe src="https://drive.google.com/file/d/1dCOQlA3qEkm9VlRZzl3rsEobL_xFJVPQ/preview" width="640" height="480" allow="autoplay"></iframe>