पाल्पा । आर्थिक क्षेत्रमा पुनर्जागरण ल्याउन सहयोग पुर्याउने रणनीतिक कार्ययोजना बनाउदै नेपाल चेम्बर अफ कमर्स लुम्बिनीको कार्यशाला शुक्रवार सम्पन्न भएको छ ।
सरकारसँगको सहकार्यमा नीजी क्षेत्रलाइ सबल र सक्षम बनाएर मात्र सम्मृद्ध नेपालको परिकल्पना साकार पार्न सकिने निष्कर्ष निकाल्दै चेम्बर लुम्बिनीले आगामी ३ वर्षे कार्ययोजना तय गरेको छ ।
३ वर्षे रणनीति अन्तर्गत चेम्बरले अन्तर्राष्ट्रिय चेम्बरहरुसङ्ग सम्बन्ध बिस्तार गर्दै लुम्बिनीको समग्र औद्योगिक बिकासका लागि नीतिगत पहल गर्न विभिन्न कार्ययोजना तय गरेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशमा चेम्बरको संख्या १ सय पुर्याउने, साना तथा मध्यम ब्यवसायिहरुलाइ ब्यवसाय प्रबर्द्धन र ब्यवस्थापन सम्बन्धि तालिम दिने, प्रदेशका उत्पादनहरुको बजारीकरणका लागि प्लेटफर्म तयार गर्ने,परम्परागत मेला तथा तथा महोत्सवहरुलाई परिवर्तन गरेर बहुउपयोगी र आकर्षक बनाउने कार्ययोजना बनाएको छ ।
मुलुकमा उत्पादन भएका गुणस्तरीय बस्तुहरुको निर्यातका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुको सहकार्यमा ब्यवसायिहरुलाइ सहयोग गर्ने,निर्यातका लागि सम्भाबित थप बस्तुहरुको पहिचान गर्ने लगायतका योजना तय गरेको छ ।
त्यस्तै समग्र लुम्बिनी प्रदेशको आर्थिक बिकासका लागि संरचनागत र नितिगत सुधारका लागि पैरवी गर्ने,साना तथा मझौला उद्यमको शशक्तिकरण गर्ने,साझेदारी र सहकार्य बिस्तार गर्ने,पर्यटन बिकासका लागि अन्तर्राष्ट्रिय चेम्बरहरुसङ्ग सहकार्य गर्ने,सीप बिकास तालिमहरु सन्चालन गर्ने कार्ययोजना बनाएको छ ।
सो अवसरमा चेम्बर लुम्बिनीका विभिन्न उपसमितिहरु गठन भएका छन । उपसमितिहरुमा नीति निर्माण, राष्ट्रिय, अन्तराष्ट्रिय सम्पर्क समन्वय उपसमिती, तालिम तथा क्षमता अभिवृद्धी, सङ्गठन बिस्तार तथा सदस्यता वृद्धि, पर्यटन प्रबर्द्धन, उद्योग, सचिवालय ब्यवस्थापन, बित्त ब्यवस्थापन, महिला उद्यमशीलता, युबा उद्यमशीलता र अनुगमन उपसमिति छ्न् ।
कार्यशालाको समापन गर्दै प्रतिनिधि सभाका सदस्य ठाकुर गैरेले पाल्पामा सम्पन्न भएको चेम्बरको कार्यशालाले पाल्पाको पर्यटन प्रबर्द्धनको बाटो देखाउदै लगानीको बातावरण बनाउन आव्हान गर्नुभयो । निजी क्षेत्रको सहभागीता बिना मुलुकको सम्मृद्दिको परिकल्पना गर्न नसकिने बताउदै राज्यले नीजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राख्नुभयो ।
चेम्बर लुम्बिनीका अध्यक्ष टङ्क पोखरेलले कार्यशालाबाट तय गरिएको कार्ययोजना कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाउनु भयो । कार्यशालाको सहजीकरण सहजकर्ता मुकुन्द ज्ञवालीले गर्नुभएको थियो ।