काठमाडौं-सार्वजनिक खरिद अनुगमन कार्यालयले सामान खरिदका क्रममा विवादमा तानिएको ओम्नी बिजनेश कर्पोरेशन इन्टरनेशन प्रालिलाई कालोसूचीमा राखेको छ। कार्यालयले सोमबार सूचना निकालेर ओम्नीलाई कालोसूचीमा राखेको जानकारी गराएको हो।
ओम्नीले स्वास्थ्य सेवा विभागबाट कोरोना संक्रमण रोकथामको लागि प्रयोग हुने स्वास्थ्य सामग्री ल्याउने ठेक्का पाएर समयमै स्वास्थ्य सामग्री नल्याएपछि स्वास्थ्य सेवा विभागले चैतमै कालोसूचीमा राख्न सिफारिश गरेको थियो।
विभागले सिफारिस गरेको करिब ५ महिनापछि भदौ २० गते बसेको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले ओम्नीलाई एक वर्षको लागि कालो सूचीमा राख्ने निर्णय गरेको सूचनामा उल्लेख छ।