बुटवल-कुर्था-जनकपुर-जयनगर चल्ने रेल जयनगर आइपुगेको छ। भारतमा निर्माण भएको रेल बिहीबार साँझ भारतको जयनगर स्टेशनमा आइपुगेको हो।
जनकपुर-जयनगर चल्ने रेल सम्भव भए आज शुक्रबार रेल नेपाल आउने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन्।
भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट ल्याउन लागिएको रेल विभागका महानिर्देशक मिश्रले बताए। कुनै पनि किसिमका समस्या नआएमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ ।
एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल शुक्रबार अपराह्नसम्म जनकपुर आइपुग्ने भएको उनले बताए। बिहारको हाजिपुर स्टेसनमा महिना दिनदेखि पार्किङमा राखिएको दुई ट्रेन सेट जनकपुरका लागि हिँडिसकेको छ।
शुक्रबार अपरान्ह जनकपुर आइपुग्ने नेपाली रेलका तस्बिरहरु रेल विभागका महानिर्देशक बलराम मिश्रले सार्वजनिक गरेका छन्।
सबै तस्वीरहरु : बलराम मिश्रको फेसबुकबाट