पाल्पा । दशैका लागि नयाँ नोट सटहीमा स्थानीयले सास्ती खेप्नु परेको छ । जिल्लाका अधिकांश स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा नयाँ नोट सटहीमा सास्ती खेप्नु परेको हो ।
जिल्ला सदरमुकामा रहेको एकमात्र राष्ट्रिय वाणिज्य बैंकको शाखामा ४ घण्टासम्म लाईन बस्नु परेकोसेवाग्राहीले गुनासो गरेका छन । जिल्लाका विभिन्न गाउँबाट बैंकमा नयाँ नोट सटहीका लागि आएका सेवाग्राहीहरुले भने बैंकले समयमा नोट नदिदा समयमा घर पुग्न नपाउनुका साथै दुईदिन विताउनु परेको गुनासो गरेका छन ।
बैंकले भने संघ संस्थालाई नयाँ नोट वितरण सकेरमात्र सर्वसाधरणलाई वितरण गर्ने व्यवस्था गरेको जनाएको छ । दुई दिनमा मात्र एक हजारबढी सेवाग्राहीहरुलाई प्रतिव्यक्ति ५ हजारका दरले नयाँ नोट वितरण गरेको बैंकका प्रमुख पारसमणी घिमिरेले बताए ।
नेपालीहरुको महान चाड वडा दशैमा राम्रो लगाउने, मिठो चिल्लो खाने नयाँ नयाँ कपडा लगाउने र निधारमा रातो टिका, कानमा पहेरा जमरा लगाउदा मान्यजन आशिर्वाद लिने र दक्षिणाको रुपमा नयाँ नोट दिने प्रचलन रहेको छ । पाल्पामा गाउँ गाउँ बाट नयाँ नोट साट्न मानिसहरु सदरमुकाममा आएका छन । नयाँ नोट पाएपछी उपभोक्ताहरु खुसी भएर घर घरमा फर्किएका छन ।
पाल्पामा नयाँ नोट साट्न बुधवार देखी राष्ट्रिय वाणिज्य वैक भिडभाड बढेको छ । मानिस नयाँ नोट साट्न विहानै देखी लाईन बसेका थिए । राष्ट्रिय वाणिज्य वैक पाल्पाले सबै सर्वसाधरण नयाँ नोट वितरण गरेको हो । अन्य बैकले सर्वसाधरण लाई नयाँ नोट वितरण नगरेपछी नयाँ नोट साट्न राष्ट्रिय वाणिज्य वैकमा भिडभाड बढेको हो ।
वाणिज्य बैक पाल्पाले सर्वसाधरणहरु टोकन वितरण गरेर व्यस्थित रुपमा एक पटकमा रु ५ देखी रु १ सय सम्ममा नोट मिलाएर रु ५ हजारको नयाँ नोट वितरण गरिएको बैकका शाखा प्रवन्धक पारसमणी घिमिरेले बताए । सर्वसाधरण पनि नयाँ नोट पाएपछी खुसी देखिएका छन । टिका जमरा सैगै नयाँ नोट दक्षिणा दिदा लिने दिने दुबै पक्ष खुसी हुने भएको नयाँ नोट साट्न आएको उपभोक्ताले बताएका छन । दशैमा नयाँ नोट दिने प्रचालनले पनी नेपाल रा«ष्ट्रवैकले पनी दशैको अवशरमा नयाँ नोट बजारमा ल्याउने गरेको छ ।