बर्दिया–मध्य तथा पश्चिम नेपालको पर्यटकीय केन्द्र बर्दियाको ठाकुरद्वारास्थित बबइ रिर्सोटले आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले सस्तो अफर सार्वजनिक गरेको छ।
ठाकुरद्धारामा ठूलो लगानीमा निर्माण भएको रिर्सोटले काठमाडौं लक्षित गरेर दुइ रात तीन दिनका लागि यस्तो अफर ल्याएको हो।
कोरोनाका कारण थला परेको पर्यटनलाई उकास्ने उद्धेश्यले अफर सार्वजनिक गरिएको रिर्सोटका सञ्चालक धर्म घिमिरे बताए।
घिमिरेका अनुसार उक्त अफरअनुसार १८ हजार ९ सय ९९ रुपैया“ प्रति व्यक्ति खर्च तोकिएको छ। अफरमा काठमाडौं–नेपालगन्ज ओहोरदोहोर हवाइ भाडा समेटिएको छ।
त्यसबाहेक रिर्सोटबाट नेपालगन्ज विमानस्थलसम्म गाडीको सुविधा रहेको छ। त्यसैक्रममा पाहुनालाई कर्णाली चिसापानी अवलोकन गराउने घिमिरेले बताए।
घिमिरेका अनुसार उक्त खर्चमै रिर्सोटमा दुइ रातका लागि डिलक्स कोठा उपलब्ध गराइने छ। साथै बे्रकफाष्ट, एक दिनका लागि बिहान र दुइ छाक बेलुकाको खाना उपलब्ध गराइने छ।
‘बर्दिया निकुञ्जमा आधा दिन जीप सफारी गराइने छ,–घिमिरेले भने,–‘त्यस बाहेक गाउ“ अवलोकन, हात्ती प्रजनन केन्द्र र थारु संग्राहलय पनि घुमाइनेछ।’
यस बाहेक गोही प्रजनन केन्द्र अवलोकन र थारु गाउँ भ्रमण उपलब्ध हुने उनले बताए। यस बाहेक सेवा पनि उपलब्ध रहेको र त्यसका लागि रिर्सोटको शर्त लागू हुने घिमिरेले बताए।