काठमाडौं-नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन्।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले शाक्यलाई निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। नेपाल विद्युत् प्राधिकरणकै इन्जिनियरिङ कम्पनीमा कार्यरत शाक्यलाई प्राधिकरणमा काज फिर्ता बोलाएर निमित्त प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
यसअघि निमित्त कार्यकारी निर्देशकको रुपमा लेखनाथ कोइरालालाई मन्त्रालयले नियुक्त गरेको थियो । अब हितेन्द्रदेव शाक्यलाई नै प्राधिकरणको कार्यकारी निर्देशक बनाउने योजनाअनुसार निमित्तको जिम्मेवारी दिइएको मन्त्रालय स्रोतले जनाएको छ ।