काठमाडौँ– बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी र शेयर बजार आज (बुधबार) देखि खुल्ने भएका छन्। तिहारका लागि कात्तिक २८ गतेदेखि बन्द भएका बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनी र शेयर बजार बुधबारदेखि खुल्ने भएका हुन्।
नेपाल बैंकर्स संघले कात्तिक २८ गतेदेखि मंसिर १ गतेसम्म सबै बैंकका शाखा बन्द रहने र २ गतेबाट सबै शाखा खुल्ने सूचना दिए पनि सरकारले मंसिर २ गते पनि भाइटीका (किजापूजा) का लागि सार्वजनिक बिदा दिएका कारण आजदेखि शेयर बजार खुल्ने भएका हुन्।