भैरहवा । भाटभटेनी सुपरमार्केट्सले भैरहवामा नयाँ शाखा उद्घाटन गरेको छ । भैरहवामा बिहीबार १७ औँ शाखाको भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले उद्घाटन गरेका हुन् ।
भैरहवा सिद्धार्थनगर नगरपालिका –७ जनकपथ नयाँ सडकमा भाटभटेनीको नयाँ शाखा उद्घाटन गरिएको हो । उद्घाटनको अवसरमा हरेक सामानमा दश प्रतिशतसम्म छुट दिने घोषणा समेत गरिएको छ । साथै भैरहवाको भाटभटेनीमा भारतीय बजारमा भन्दा सस्तो मूल्यमा सामानहरु पाइने व्यवस्थापक विनोद भट्टराईले जानकारी दिए।
काठमाडौं बाहिर विराटनगर, धरान, भरतपुर, बुटवल, पोखरालगायतका स्थानमा भाटभटेनीका शाखा रहेका छन् ।
भैरहवा शाखा सन्चालन पछि नेपालगञ्जमा भाटभटेनीको उद्घाटन हुने छ । नेपालगञ्जमा अहिले भाटभटेनीको पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । फागुण महिनामा सन्चालन गर्ने लक्ष्य राखिएको व्यवस्थापक भट्टराईले जानकारी दिए।