भैरहवा-उद्योग व्यवसायलाई पुनरुत्थान गर्न उद्योग व्यापार संगठन रुपन्देहीले अर्थ मन्त्रीलाई सुझाव दिएको छ । विश्व महामारी कोभिडले लामो समय प्रभावित बनेको उद्योग व्यवसायलाई पुर्नजागरण गरी उद्योगी व्यवसायीलाई राहत पु¥याउन बिहीबार अर्थमन्त्री विष्णु पौडेललाई संगठनले १२ बुँदे सुझाव दिएको हो ।
नेपाल राष्ट्र बैंकबाट जारी भएको मौद्रिक नीतिमा केही हलुका भए पनि उद्योगी व्यवसायीहरुको बैंक ऋण र ब्याज सम्बन्धमा भएको सम्बोधन इमान्दारी पूर्वक लागु गर्न, सहुुलियत पुर्ण पुर्नरकर्जाको दायरा दश करोड बनाउन, महामारीले ठूलो नोक्सानी व्योहोर्नु परेकोले विधुतको डिमाण्ड चार्ज र उद्योगको बिमा शुल्क खर्चमा छुटको व्यवस्था गर्न व्यवसायिहरुले आग्रह गरेका छन् ।
त्यसै गरी कोभिड प्रभावित उद्योगी व्यवसायीलाई आन्तरिक राजश्व कार्यालय मार्फत जरिवाना छुट गरी २५ प्रतिशत छुटको व्यवस्था गर्न, भन्सार मुल्याङकनलाई समय सापेक्ष परिवर्तन गरी आयतित बस्तुको बास्तविक बिललाई मान्यता दिनुपर्ने, नेपालभित्र लगानी गर्ने राष्ट्रिय उद्योग व्यापारीहरुलाई पर्यटन क्षेत्र जस्तै होटलहरुमा लगानी गर्दा कम्तीमा कृषि सरहको ऋण उपलब्ध गराउनुपर्ने लगायतका १२ बुदे सुझाव अर्थमन्त्रीलाई दिएको संगठनका अध्यक्ष नारायण भण्डारीले बताए ।
कृषि व्यवसायी फर्महरु खोल्नको लागि दीर्घकालिन लिजमा जग्गा दिन किसानहरु नमानेका कारण कृषि फर्म खोल्नको लागि खरीद गरिने जग्गाको लागि कृषि सरहको ऋण उपलब्ध गराउनुपर्ने, बजारमा आर्थिक चलायमान कमी देखिएको हुदा घरजग्गा विक्रीवितरण गर्दा लाग्ने लाभकरको दायरामा ९ लाखलाई बढाएर २९ लाखसम्म गर्नुपर्ने, १० लाख भन्दा माथिको रकम बैंकमा नगद लिन नपाउने कानूनलाई १५ लाखसम्म दायरा पु¥याउनेपर्ने उनीहरुको माग छ ।
त्यस्तै व्यक्तिगत तथा पारिवारिक आयको सीमा बढाएर १० लाख पु¥याउनुपर्ने, भीसीटीएस प्रणालीमा वाईफाईको समस्याका कारण ३ दिनसम्म गाडीहरु बाटोमा रोक्ने भएको हुदा व्यवस्थित बनाउनु पर्ने, कोभिड–१९ को बीमा एक हप्ताभित्र भुक्तानी गर्नुपर्ने नीतिभएता पनि कार्यान्वयन नभएकोले कार्यान्वयनमा ल्याउनु पर्ने संगठनले ज्ञापनपत्रमार्फत सुझाव दिएको छ ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा संगठनका अध्यक्ष नारायण प्रसाद भण्डारी, निवर्तमान अध्यक्ष खिम बहादुर खत्री, वाणिज्य उपाध्यक्ष दर्पण श्रेष्ठ, महासचिव अनिल कुमार ज्ञवाली, कोषाध्यक्ष सचिन रोक्का, सल्लाहकार चोपलाल आचार्य, परामर्श समिति सदस्य हितराज पन्थी लगायतको उपस्थिति रहेको थियो ।