बुटवल । श्रम बजार सूचना प्रणाली विकास परियोजनाको विहीवार बुटवलमा सुभारम्भ गरिएको छ । सो परियोजनाको एक समारोहकावीच लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले सुभारम्भ गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रदेश प्रमुख यादवले उपलब्ध जनशक्तिको प्रयोग र सहि परिचालनका लागि सुरु गरिएको परियोजनाले नेपालको औद्योगिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले कुनै पनि क्षेत्रको विकास सहि सूचना र तथ्याङ्क विना हुन सक्ने उल्लेख गर्दै सिपको क्षमता र मागलाई व्यवस्थित गर्न नीति क्षेत्रको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।
उनले परियोजनाको सफलताले औद्योगिक क्षेत्रमा श्रमको अभावलाई पूर्ति गर्ने र दक्ष जनशक्तिको उत्पादन स्वदेशमै हुने ग्यारेन्टी दिने बताए । प्रमुख यादवले पारियोजनाको सफलताबाट हाम्रो श्रम वजारमा रहेको बैदेशिक निर्भरतालाई कमी गर्न सफलता मिल्ने भनाई राखे ।
कार्यक्रमका अध्यक्ष एवं नेपाल उद्योग परिसंघका अध्यक्ष सतिस कुमार मोरले मुलुकभित्र औद्योगिक व्यवसायिक क्षेत्रले श्रम बजार सम्बन्धी आवश्यक तथ्याङ्क एवम् जानकारीको अभावमा भोग्नु परेको समस्यालाई परियोजनाले सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।
उनले मुलुकको औद्योगिक विकासमा सहयोग पु¥याउने, श्रम बजार सम्बन्धी सूचना प्रणालीलाई व्यवस्थित र भरपर्दो बनाउने, उद्योग प्रतिष्ठानहरूको लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउन प्रत्याभुति दिलाउने, रोजगारी सृजना गर्ने, श्रम बजार सम्बन्धी तथ्याङ्क प्रणालीको विकास गर्ने कार्यमा परियोजना एक कोशेढुंगा सावित हुने पनि बताए ।
अध्यक्ष मोरले श्रम बजारमा माग र आपूर्तिको व्यवस्थापनमा ठूलो सहयोग गरी समग्रमा मुलुकको औद्योगिक विकासमा सघाउ पु¥याउने बताउदै परियोजनाबाट श्रम बजारसग सम्बन्धित सरकारको नीति निर्माण एवं कार्यक्रममा सघाउ पुग्नुको साथै उद्योग व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा समेत मद्दत गर्ने धारणा राखे ।
कार्यक्रममा प्रदेश योजना आयोजका उपाध्यक्ष डा. इश्वर गौतम, उद्योग पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र केसी, भौतिक पूर्वाधार मन्त्रालयका सचिव सुसिलचन्द्र तिवारी, कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव रेवतीरमण पौडेल, नेपाल उद्योग परिसंघका उपाध्यक्ष विरेन्द्र राज पाण्डे, परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलम, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम वोहोरा, होटल महासंघका माधव नेपाल, निमार्ण व्यवसायी महासंघका टोपबहादुर रायमाझी, उद्योग वाणिज्य महासंघका यज्ञ भट्टराई लगायतले बोलेका थिए ।
कार्यक्रममा परियोजनाका बारेमा परियोजना संयोजक चन्द्रकान्त अधिकारीले विस्तृत रुपमा जानकारी गराएका थिए भने कार्यक्रम नेपाल उद्योग परिसंघका महानिर्देशक यादव प्रसाद पौडेलले सञ्चालन गरेका थिए ।
नेपाल सरकारद्वारा स्विकृत यस परियोजनामा नेपाल उद्योग परिसंघलगायत नेपालका निजी क्षेत्रका पाँचवटा प्रमुख निकायहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल, नेपाल निर्माण व्यवसायी महासंघको सहकार्य रहेको छ भने ब्रिटिश काउन्सिलकोको व्यवस्थापन सहयोग र युरोपियन युनियनको आर्थिक सहयोग रहेको छ । यस परियोजना देशभरका ७ वटै प्रदेशमा सञ्चालन हुन गईरहेको रुपन्देही उद्योग संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले जानकारी गराए ।
शुभारम्भ कार्यक्रम नेपाल उद्योग परिसंघ, उद्योग परिसंघ लुम्बिनी प्रदेश र रुपन्देही उद्योग संघको संयुक्त आयोजना र यस क्षेत्रका सरकारी निकायका उच्च पदाधिकारी संघसंस्थाका प्रमुखहरु र उद्योगीव्यवसायीहरुको सहभागितामा सम्पन्न भएको थियो ।
कार्यक्रमको मुख्य उद्देश्य कृषि, पर्यटन र निर्माण उद्योग व्यवसाय अन्तर्गत काम गर्ने श्रमिक कामदारको व्यवसायिक वर्गिकरण र पहिचानको साथै श्रम बजार सुचना प्रणालीको विकास गरि निजी क्षेत्रको प्रतिनिधि संस्थाहरुको संयुक्त प्रयासमा सोको संस्थागत संरचनाको थालनी गर्ने रहेको छ ।