बुटवल । नेपालका लागि महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले स्पोर्ट्स युटिलिटी भेइकल (एसयुभी) ‘एक्सयुभी–३००’ बुटवल क्षेत्रमा बिक्री सुरु गरेको छ ।
‘एक्सयूभी–३००’ गाडीलाई नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले बुटवलमा संयुक्त रूपमा सार्वजनिक गरे ।
अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्माले भने–‘हामी एक्सयूभी ३०० प्रदेश–५, बुटवलमा उपलब्ध गराउन पाउँदा उत्साहित छौं, जुन अपेक्षा गरेझैं नयाँ पुस्ताका महिन्द्रा गाडीहरु मध्येको नवीनतम भेट हो । मलाई विश्वास छ, नयाँ जमानाको दृष्यता र उच्च प्रविधियुक्त विशेषताहरूयुक्त एक्सयूभी ३०० हाम्रा ग्राहकहरूबीच तत्कालै लोकप्रिय हुनेछ ।’
अग्नि ग्रुपका स्थानीय विक्रेता लोक शुशिला अटो कन्र्शन प्रा. लि. बुटवलका प्रबन्ध निर्देशक लोक हरि श्रेष्ठका अनुसार, महिन्द्राको लेटेस्ट एसयूभी महिन्द्रा एक्सयूभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साईज एसयूभी हो ।
नयाँ जमानाको दृष्यता र उच्च प्रविधि युक्त एक्सयुभी ३०० तत्कालै लोकप्रिय हुने लोकसुशिला अटो कन्सर्नका श्रेष्ठले विश्वास व्यक्त गरे ।
महिन्द्राको लेटेस्ट एसयुभी महिन्द्रा एक्सयुभी–३०० नेपाली बजारमा निकै प्रतिक्षा गरिएको मिड साइज एसयुभी रहेको उनले बताए । नयाँ एक्सयुभी–३०० को डिजाइन निकै आक्रामक रहेको कम्पनीको दाबी छ । कम्फर्ट मोडमा सहरी ट्राफिकमा सहजतापूर्वक सञ्चालन गर्ने सुविधा यसमा रहेको जनाइएको छ ।
यसमा आकर्षक सनरुफको साथै, एलइडी डेटाइम रनिङ–लाइट, पुस स्टार्ट–स्टप बटन, टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डबल जोन क्लाइमेट कन्ट्रोललगायतका विशेषता उपलब्ध रहेको जनाइएको छ ।
पेट्रोल र डिजेलको टर्बो चार्ज हुने सवारी सञ्चालन संयन्त्र (पावरट्रेन) प्रणालीले कुशलतापूर्वक इन्जिनको शक्ति उपयोग गर्ने र व्यापक सञ्चालनका तहहरूमा टर्क उपलब्ध गराई रोमाञ्चकता प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा थुप्रै फर्ट इन सेग्मेन्ट सेफ्टी फिचरसमेत दिइएको छ । सातवटा एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्विल, इबिडी तथा एबिएसजस्ता अत्याधुनिक विशेषताले एक्सयुभी–३०० निकै सुरक्षित गाडी बनेको कम्पनीको दाबी छ ।
एसयुभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ । नयाँ एक्सयुभी ३०० को मूल्य पेट्रोल मा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार रुपैयाँ र डब्लु ८ (अप्सनल) वर्गका लागि ५६ लाख ५० हजार रुपैयाँ मूल्य तोकिएको छ ।
त्यस्तै, डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लाख २५ हजार रुपैयाँ र डब्लु ६ वर्गका लागि ४५ लाख रुपैयाँ तोकिएको छ ।
८ वर्गका लागि ५१ लाख ५० हजार रुपैयाँ र डब्लु ८ (अफ्सनल)वर्गका लागि ५७ लाख २५ हजार रुपैयाँ तोकिएको छ । यी सवारीसाधनहरू नेपालभरि रहेका अग्नि इन्कर्पोरेटेडका डिलर सञ्जालमा उपलब्ध हुने जनाइएको छ ।
एक्सयुभी–३०० एक्वा मरिन, सनब्रस्ट ओरेन्ज, रेड रेज, पर्ल ह्वाइट, नपोलीब्लाक, डी स्याटसिल्भर मा उपलब्ध रहेका छन् । एक्वा मरिन र तथा रेड रेज डब्लू ८ (अप्सनल) प्याकमा मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
एक्सयुभी ३०० मा नयाँ एसयुभी १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ । यसमा उपलब्ध १.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपिएममा ११० पिएस पावरका साथै ३५ सय आरपिएममा २०० एनएम–टर्क उत्पादन गर्छ । साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपिएममा ११५ पिएस पावरका साथै १५ सय २५ सय आरपिएममा ३०० एनएम–टर्क उत्पादन गर्छ । यो गाडीले युवा पुस्तालाई आकर्षित गर्ने कम्पनीको अपेक्षा छ ।