यतिबेला विभिन्न कम्पनीहरुले आईपीओ निष्कासन गरिरहेका छन्। एकखालले आइपीओ निष्काशनको लहर नै चलेको छ।
चन्द्रागिरि हिल्स कम्पनीले सर्वसाधारणको लागि यहि पुस २४ गतेदेखि आईपीओ बिक्री गर्दैछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको आईपीओ निष्कासनको अनुमति पाएको छ । बैंकले ८ अर्ब रुपैया बराबरको ८ करोड कित्ता आईपीओको आवेदन केहि समयमा खोल्ने भएको छ ।
कम्पनीको आईपीओ लाइनमा लागेको अवस्थामा के तपाई आईपीओमा लगानी गर्न चाहनुहुन्छ ? कसरी गर्ने सेयर बजारमा लगानी ? यो कुनै जानकारी छैन भनेपनि तपाइँले यी विषयमा जानकारी लिए पुग्छ।
बैंक खाता खोल्नुहोसः
आईपीओमा लगानी गर्ने सोच छ भने सबैभन्दा पहिले बैंकमा खाता खोल्नु पर्दछ । जसरी मानिसले आफ्नो पैशा जम्मा गर्न र चाहेको समयमा झिक्नको लागि बैंक खाता खोलेका हुन्छन् त्यस्तै सेयर भर्नको पनि बैंक खाता अनिवार्य हुन्छ ।
डिम्याट खाता खोल्नुहोसः
जसरी हामीले मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङको लागि खाता भएको बैंकबाट फर्म भरेर आइडि पासवर्ड प्राप्त गर्दछौ । त्यस्तै, सेयर भर्नको लागि बैंक खाता खोलिसके पश्चात बैंक खाता भएको बैंकमा गएर डिम्याट खाताको फर्म/आवेदन भर्नुहोस ।
डिम्याट खाता त्यस्तो खाता हो, जसले तपाईले भरेको आईपीओको बैंकमा पैसा जम्मा गरेजस्तै तपाइले डिम्याट खातामा शेयर जम्मा गर्नुपर्छ । अर्थात डिम्याट खाता तपाइको शेयर राख्ने खाता हो ।
त्यसैले आइपीओ भर्नका लागि पनि डिम्याट खाता चाहिन्छ । आइपीओ भरेपछि शेयर परेमा उक्त शेयर यही डिम्याट खातामा जम्मा हुन आउँछ ।
कहाँ खोल्ने डिम्याट खाता ? डिम्याट खाता तपाईको जुन बैंकमा खाता खोल्नु भएको छ सोही बैंकमा गएर डिम्याट खाता खोल्न सकिन्छ ।
अथवा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त कुनैपनि धितोपत्र दलाल ब्रोकर कम्पनीमा खोल्न सकिन्छ । यसबाहेक विभिन्न बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंकिङ कम्पनीहरुले पनि यो सुविधा दिएका छन् ।
सीआरएन नम्बर लिनुहोसः
डिम्याट खाता खोलीसकेपछि आफ्नो खाता भएको बैंक (डिम्याट खातामा उल्लेख गरिएको बैंक) मा गएर सीआरएन नम्बर लिनुपर्छ । सीआरएन नम्बरले तपाइएको बैंक खाता र डिम्याट खातालाई जोडने काम गर्दछ । त्यसकारण सिआरएन नम्बर अति जरुरी हुन्छ । तपाईलाई आईपीओ भर्न सिआरएन नम्बर चाहिन्छ ।
मेरो शेयर खोल्नुहोसः
मेरो सेयर एउटा एप्स हो । मोबाइल बैंकिङ/इन्टरनेट बैंकिङबाट जसरी विभिन्न किसिमको कारोकार गर्न मिल्छ त्यस्तै मेरो सेयरबाट घरमै बसेर पनि आईपीओ भर्न सक्नुहुन्छ । आइपीओ भर्नका लागि र आफ्नो डिम्याट खातामा भएको विवरण हेर्नका लागि पनि मेरो शेयरको आवस्यकता पर्छ । डिम्याट खोलेको अवस्थामा नै सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० ले उपलब्ध गराएको हुन्छ ।
मेरो शेयरको युजरनेम र पासर्ड कसरी लिने ? जुुन बैंकमा तपाईको खाता छ सोही बैंकमा डिम्याट खाता र मेरो सेयरको लागि आवेदन दिइसके पश्चात तपाईलाई बैंकले इमेल मार्फत मेरो शेयरको युजरनेम र पासर्ड उपलब्ध गराउँदछ । तपाईले मेरो शेयरको युजरनेम र पासवर्ड लिनुभयो भने इन्टरनेटनको माध्यमबाट घरमै बसेर अथवा जुनसुकै ठाउँबाट पनि आइपीओको लागि आवेदन दिन सक्नुहुन्छ ।
बैंकबाट आवेदन दिने ? मेरो शेयर नलिएका व्यक्तिले पनि आइपीओका लागि आवेदन दिन सक्छन । तर त्यसका लागि आफ्नो बैंक खाता भएको शाखाबाट फर्म भरेर आवेदन दिनुपर्ने हुन्छ ।
आईपीओमा लगानी गर्नको लागि माथिका प्रक्रिया पुरा गरेपछि घरबाटै सजिलै आवेदन दिन सकिन्छ । यसरी आवेदन दिदा तपाइले आवेदन दिन चाहेको शेयर बराबरको रकम बैंक खातामा हुनैपर्छ ।
आइपीओ भरेपछि तपाइले खरिद गर्न चाहेको शेयरको मूल्य बराबरको रकम तपाइको बैंक खातामा रोक्का गरिन्छ । उक्त शेयर बाँडफाँड भएपछि तपाइलाई परेको शेयर बराबरको रकम बैंक खाताबाट कट्छ भने परेको शेयर डिम्याट खातामा जम्मा हुन आउँछ । शेयर नपरेको रकम भने तपाइएको बैंक खातामा पुनः फिर्ता हुन्छ ।
सेयरमा लगानी गरेपछि दुई किसिमबाट फाइदा लिन सकिन्छ । पहिलो कुनैपनि कम्पनीमा तपाइले लगानी गर्नु भएको छ भने वार्षिक रुपमा लाभांश अर्थात बोनस प्राप्त हुन सक्छ । त्यसैले सकेसम्म राम्रो कम्पनीको शेयरमा लगानी गर्नुपर्छ ।
त्यस्तै दोस्रो बजारबाट पनि फाइदा लिन सक्नुहुन्छ । दोस्रो बजारमा शेयरको मूल्यमा हुने उतारचढावबाट तपाइले फाइदा लिन सक्नुहुन्छ । आफुले खरिद गरेको भन्दा बढी मूल्यमा शेयर विक्री गर्न सक्ने अवसर प्राप्त हुँदा तपाईले फाइदा लिनसक्नुहुन्छ ।