बुटवल । भोली माघ १ अर्थात् माघे संक्रान्ति । सोही दिन थारु समूदायले नयाँ बर्षको रुपमा ‘माघी’ मनाउने गर्छन् । यो कन्दमुल खाने पर्व हो । ‘पुसको पाके माघमा खाने’ भन्ने उखान नै छ, माघीसँग जोडिएको ।
परम्परालाई मान्दै पुसको अन्तिम दिन माघे सक्रान्ति मनाउन तरुल जोहो गर्नेको आफ्नै दैनिकी हुन्छ । गाउँतिर जङ्गल पसेर कन्दमुल खोज्ने चलन अझैं हराइसकेको छैन । कतिपयले घरमै पनि लगाएका हुन्छन् ।
तर, शहर बजारमा पुसको अन्तिम दिन आज कन्दमुल तथा तरुलको विशेष किनमेल भइरहेको छ । बुटवलको बजारमा विगत एकदुई दिनदेखि तरुलको किनमेल बढेको छ । अहिले तरुल किनबेच गर्नेको भ्याइनभ्याइ नै छ ।
सबै तस्वीरहरु: लुम्बिनी टाइम्स
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७, १६:१७:००